२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

सम्हालिन नसक्दा जापानले गुमायो क्वाटरफाइनल, बेल्जिलयमसँग ३-२ ले पराजित


१९ असार २०७५, मंगलबार  

0
Shares

बेल्जियम र जापानको खेल मध्यान्तरसम्म बिना कुनै गोल बराबरीमा टुङ्गियो। मध्यान्तरको तेस्रो मिनेटमा नै जापानका हारागुचीले गोल गरे ।त्यसको चार मिनेटमै फेरि गोल भयो जापानबाट।

जापान २-० ले अगाडि भयो ।

६९औँ मिनेटमा बेल्जियमका जान भर्टोनगनले २-१ को अवस्थामा ल्यायो ।

७४ औँ मिनेटमा हाजार्डको पास सदुपयोग गर्दै माराउने फेलिइनीले हेड गरी पोस्टतिर प्रवेश गराए। जापानी गोलकिपरले त्यसलाई रोक्ने अवसर नै पाएनन्।

नतिजा- २-२ भयो ।

निर्धारित ९० मिनेटको खेल पनि बराबरी भएको थियो । त्यसपछि थपिएको ४ मिनेटको इन्जुरी टाइमको पनि ४० सेकेण्ड मात्र बाँकी थियो। जापानले फ्रि किक पायो । त्यो फ्रि किकलाई बेल्जियन किपरले जोगाएपछि कर्नर पायो जापानले । कर्नर पनि सफल नभएपछि गोलकिपरले चलाखीपूर्ण रुपमा बल आफ्ना खेलाडीलाई पास गरे । जापानी खेलाडी र डिफेन्स सम्हालिनै पाएका थिएनन् । त्यहीँ निर सबभन्दा ठूलो गल्ती भयो । नासेर चादलीले बललाई अघि बढाउँदै पोस्टमा छिराए ।

 

फलस्वरुप खेल जापानले ३-२ ले हार्‍यो ।

 

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार  ७ : ०३ बजे