फ्रान्स, बेल्जियम, क्रोएसिया र इङल्यान्ड, यी चार देशका फुटबल टोली विश्वकप उचल्ने तयारीमा छन् । क्वाटरफाइनलको खेलहरु सकिएसँगै यी चार मुलुकले सेमिफाइनलको यात्रा तय गरेको हो ।
फ्रान्स VS बेल्जियम
यी दुबै देशको फुटबल टोलि सनसनीपूर्ण जित निकाल्दै सेमिफाइनलमा आइपुगेका हुन्। फ्रान्सले दुई पटकको विश्व विजेता उरुग्वेलाई पाखा लगाएर यात्रा तय गर्यो भने बेल्जियमले पाँच पटकको विश्वविजेता ब्राजिललाई पाखा लगाएर यो यात्रा तय गरेको हो ।
यी दुई टोली रसियाको सेन्टस् पिटर्सबर्ग रंगशालामा मंगलबार राति ११: ४५ बजे भिड्दैछन् । फ्रान्स एकपटकको विश्वविजेता हो भने बेल्जियम यसपटक विश्व विश्व कप उचाल्ने दाउमा रहेको छ ।
खेलको विजेता फाइनलमा विश्वकपका लागि भिड्नेछ । भने उपविजेता तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
इङल्यान्ड VS क्राेएसिया
इङल्यान्ड २४ वर्षपछि सेमिफाइनल पुगेको छ । एक पटक विश्वकप उपाधि उचालिसकेको इङल्यान्ड स्विडेनलाई पराजित गरी यो यात्रा तय गरेको हो । बलिया किपर र क्याप्टेन हेरी केनको दमदार प्रस्तुतिले यसपटक इङल्यान्डले विश्वकपमा यो यात्रा तय गरेको देखिन्छ । यता क्रोएसियाले अहिलेसम्म विश्व कप उचालेको छैन ।
दुई टोली बुधवार लुजनिकी स्टेडियममा राति ११: ४५ बजे भिड्ने छन् । खेलको विजेता फाइनलमा विश्वकपका लागि भिड्नेछ । भने उपविजेता तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो स्थानको लागि खेल
माथिका दुई खेलका उप विजेताहरु तेस्रो स्थानका लागि भिड्नेछन् । शनिबार राति ७: ४५ मा रसियाको सेन्टस् पिटर्सबर्ग रंगशालामा दुई टोलीको खेल हुनेछ ।
फाइनल खेल
माथिका दुई खेलका विजेता विश्व कपका लागि भिड्नेछन् । लुजनिकी स्टेडियममा राति ८: ४५ मा दुई विजेता विश्वकपको लागि भिड्ने खेल रोचक रहने छ ।