२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

तामाङ सोसाइटी अफ अमेरिकाद्वारा स्तुपा निर्माणका लागि ५ लाख सहयोगको घोषणा


२५ असार २०७५, सोमबार  

0
Shares

न्युयोर्क । रामेछापमा निर्णमा हुने बौद्ध स्तुपाका लागि तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)ले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । जुलाई ८ मा न्युयोर्कमा सम्पन्न वाङ ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा निर्माणधीन बौध स्तुपाको लागि टिएसएकी अध्यक्ष सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गरेकी हुन् ।

टिएसएले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममा अध्यक्ष तामाङले सो चन्दा रकम स्तुपा निर्माणकोलागि प्रदान गर्ने घोषणा गरेकी हुन् । उक्त वाङमा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई के कसरी यथार्थपरक बनाउन सकिन्छ त्यसबारेमा प्रवचन दिएका थिए ।

करिब १०० जना उपस्थितलाई बौद्ध गुरुले वाङ प्रदान गरेका थिए । कार्यक्रम न्युयोर्कको क्विन्स स्थित टिएसएको सभाकक्षमा सम्पन्न भएको थियो भने कार्यक्रम सोसाइटीका महासचिव बुद्दिमान तामाङले संचालन गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार  ८ : ४२ बजे