४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

इन्द्रावतीको बजेट ५९ करोड


२६ असार २०७५, मंगलबार  

2
Shares

फुलमान तामाङ/नवलपुर 

इन्द्रावती गाउँपालिकाले ५९ करोडको बजेट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र नवलपुरमा आयोजित तेस्रो गाउँसभामा नीति बजेट तथा योजना पारित एवं सार्वजनिकीकरण कार्यक्रममा २०७५/७६ को लागि बजेट पारित पनि गरिएको हो ।

गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ५९ करोड ५० लाख ७६ हजारको बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताए। बजेट वक्तव्य उपाध्यक्ष मीरा अधिकारी लामाले प्रस्तुत गरेकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का, सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित मिति : २६ असार २०७५, मंगलबार  ८ : २२ बजे