७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

फ्रान्स VS बेल्जियम, फाइनलमा जान दुई छिमेकी भिड्दै


२६ असार २०७५, मंगलबार  

0
Shares

फिफा विश्वकप २०१८ का सेमिफाइनल खेलमा आज राति ११:४५ बजे फ्रान्स र बेल्जियम भिड्दैछन् ।

रसियाको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दा दुबैको लक्ष्य फाइनल पुग्नु हुनेछ ।

फ्रान्स

फ्रान्स विश्वकपमा छैटौँ सेमिफाइनल खेल्दैछ। १९५८, १९८२ र १९८६ मा सेमिफाइलमै पराजित भएको फ्रान्स १९९८ र २००६ मा फाइनल पुगेको थियो ।

पेनाल्टी सुटआउट बाहेक फ्रान्सले विश्वकपको पछिल्ला १३ नकआउट खेलमा १ खेल मात्र हारेको छ । सन् २०१४ को क्वार्टरफाइनलमा  फ्रान्स जर्मनीसँग १-० ले पराजित भएको थियो ।

फ्रान्सका फरवार्ड एन्टोनी ग्रीजमनले विश्वकप र युरो गरी पछिल्लो ६ नकआउट खेलमा ७ गोल गरिसकेका छन्।

 

बेल्जियम

बेल्जियम यसअघि एक पटक मात्र सेमिफाइनल पुगेको थियो र डिएगो म्याराडोनाले २ गोल गरेपछि अर्जेन्टिनासँग १९८६ मा २-० ले पारजित भएको थियो ।

यस्तै सन् १९७२ मा युरोकपको सेमिफाइनल खेलेको बेल्जियम त्यतितेला पश्चिम जर्मनीसँग २-१ ले पराजित भएको थियो ।

१९८० को युरोमा समूह चरणमा पहिलो हुँदै सिधै फाइनल खेलेको बेल्जियम पुन: पश्चिम जर्मनीसँगै हारेको थियो ।

बेल्जियम पछिल्लो २४ खेलमा अपराजित छ। यसबीचमा उसले १९ खेल जित्दा ५ खेल बराबरी गरेको छ ।

रसिया विश्वकपमा बेल्जियमले १४ गोल गरिसकेको छ र यो कुनै टिमले गरेको सर्वाधिक गोल हो । बेल्जियमका ९ खेलाडीले यस विश्वकपमा गोल गरिसकेका छन् । यसअघि सन् १९८२ मा फ्रान्स तथा २००६ मा इटलीका १० फरक खेलाडीले गोल गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलबार  ७ : ३० बजे