२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

प्रतिक्षा नयाँ विश्व च्याम्पियनको : फ्रान्स र क्रोएसिया लुज्निकी रंगशालामा भिड्दै


३१ असार २०७५, आइतबार  

0
Shares

आज विश्वकप फुटबल २०१८ को फाइनल । क्रोएसिया र फ्रान्स उपाधिका लागि भिड्दैछन् । दुबै टोली विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा उत्रिदैछन् ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले तथा क्रोएसियाले इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सन् १९९८ मा घरेलु मैदानमै उपाधि जितेको फ्रान्सको यो तेस्रो फाइनल हो । फ्रान्स २००६ को फाइनलमा इटलीसँग पराजित भएको थियो ।

उता १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसिया फाइनल पुगेको यो पहिलो पटक हो । पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसिया त्यतिखेर फ्रान्सँगै पराजित भएको थियो । क्रोएसियालाई २० वर्षपछि फ्रान्ससँग हारको बदला लिने अवसर मिलेको छ ।

८ वर्षपछि विश्वकपमा नयाँ टिम (क्रोएसिया) फाइनल प्रवेश गरेको छ । सन् २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दै विश्वकप नै जित्न सफल भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार  ५ : २३ बजे