२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शनको तयारीमा


२ श्रावण २०७५, बुधबार  

0
Shares

न्युयोर्क । अमेरिकामा बसोबास गरिरहेका नेपाली जनजीवनको कथामा बनेको नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड ईन नेपाल’ आगामी सेप्टेम्बर ९ तारिखमा प्रदर्शन हुने भएको छ । ड्रिम्स गेट नेपाल फिल्मस् प्रालिको ब्यानरमा निर्मित उक्त चलचित्रको निर्माताहरुमा राजेश गुरुङ, मञ्जु रानामगर र सम्झना उप्रेती रहेका छन् ।

चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, डिजे जाङबु शेर्पा, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल लगायतको अभिनय रहेको छ । दुई घण्टा आधा लामो उक्त चलचित्र न्युयोर्कको प्रिमियरपछि कनेक्टिकटमा सेप्टेम्बर १६ तारिख त्यसपछि अमेरिकाका अन्य शहरहरु लगायत युरोप र अष्ट्रेलियामा प्रदर्शन हुन लागेको निर्माता गुरुङले पत्रकार सम्मेलनमा बताए । चलचित्रको निर्देशन इश्वर थापाले गरेका छन् । पहिलो पटक अमेरिकामा बनेको यो चलचित्रको लागि एक लाख डलर नेपाली १ करोड खर्च भएको निर्माता गुरुङले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार  ९ : ४३ बजे