नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगाका कुम्भराज राईलाई प्रदान गरिने भएको छ ।
नेजाको छैटौं अधिवेशनको उद्घाटनमा सियाटलमा आयोजित कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले पुरस्कृतको नाम घोषणा गरेका हुन् ।
राई कान्तिपुर दैनिकमा आवद्ध छन् ।
२ लाख २२ हजार २२२ रुपैयाँ नगदसहितको यो पुरस्कार काठमाडौंमा एक कार्यक्रमकाबिच प्रदान गरिने छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।