१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

सिन्धपाल्चोकमा कांग्रेसको प्रदर्शन, अधिनायकवादी कदम सच्याउन सभापति लामाको चेतावनी


१५ श्रावण २०७५, मंगलबार  

0
Shares

फुलमान तामाङ/सिन्धुपाल्चोक

नेपाली कांग्रेस सिन्धुपाल्चोकले सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख र जनविरोध रहेको भन्दै आज विरोध प्रर्दशन गरेको छ । जिल्लाको चौतारा पुरानो बजारदेखि सुरु भएको विरोध र्‍याली टुँडिखेलमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले देशमा भ्रष्टाचार र मुल्यबृद्धि जस्ता चपेटाको मर्कामा जनता पर्दा पनि ओली सरकारले ध्यान नदिएको बताए । बस्नेतले देशमा मेडिकल क्षेत्रमा माफियाहरु हावी हुदै गइरहेको हुदाँ त्यसलाई रोक्न देशभर नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको बताए ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला सभापति विकास लामाले विरोध प्रदर्शन बामपन्थी सरकारको कार्यप्रति नेपाली जनातामा छाएको निराश हटाउन यो विरोध प्रदर्शनले मदत पुग्ने बताए । सभापति लामाले सरकारको अदिनायकवादी शैली तत्काल सच्याउन चेतावनी दिँदै कांग्रेसले यस्तो शैलीको विरोध गरिरहने बताए ।

र्‍यालीमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति लामा, प्रदेश ख का सांसद निमा लामा, जिल्ला सचिव बिलबहादुर तामाङलगायत जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरु तथा नगरपालिका र गाउँपालिकाका इकाई पदाधिकारी, सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार  ३ : ५९ बजे