२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

यी हुन् यसवर्ष फोनिज पत्रकारिता पुरस्कार पाउने चार पत्रकारहरु


१५ श्रावण २०७५, मंगलबार  

0
Shares

काठमाडौं । यस वर्ष आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ (फोनिज) बाट चार जना पुरस्कृत हुने भएका छन् ।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुने भएको फोनिजका सचिव जगतमान दोङले जानकारी दिए ।

साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले चार जनाको अनुमोदन गरेको हो ।  पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय गरेको फोनिजले जनाएको छ ।

पुरस्कार साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ४०,०००÷– (चालिस हजार हरुपैयाँ) रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार  ७ : ०४ बजे