३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

भानु जयान्तीमा विभिन्न क्षेत्रका व्यक्तीहरु सम्मानीत ।


Ang

१५ श्रावण २०७५, मंगलबार  

0
Shares

२ सय ५ औ भानुजयन्तीको अवसरमा अनेसासले कविता गोष्ठी आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गरेकी व्यक्तिहरुलाई विभिन्न पुरस्कारले सम्मान गरियो । सम्मानीत हुनेहरुमा नवरत्न बाल प्रतिभा पुरस्कारबाट श्रीनिति रिजाल, सिमरन अधिकारी र अरमानी महर्जन रहेका छन ।

त्यस्तै नवरत्न पुरस्कारबाट सम्मानित हुनेहरुमा नायिका मनिषा कोइराला, गायिका हरिदेवी कोइराला र साहित्यकार उन्नती बोहोरा शीला,साहित्यकार पुनम काफले,साहित्यकार लक्ष्मी माली ,समाजसेवी तुलसीदेवी राई ,व्यवसायी मीना खड्का क्षेत्री, व्यवसायी कला खरेल, युवा रंगमंच निर्देशक सम्पदा मल्ल रहेका छन । त्यसैगरि अनेसास नवरत्न विशिष्ट साधक सम्मान सीतार वादक सुष्मा ओमाता( जापान) लाई र अनेसास बाल साहित्य सम्मान बिमला निरौलालाई दिएका छन । न्युयोर्कमा आयोजित उक्त कार्यक्रममा डेट दर्जन भन्द बढि कविहरुले कविता वाचन गरेका थिए ।

 

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार  १० : ५२ बजे