वामदेव र बुढाप्रति डोल्पाका युवा आक्रोशित, ‘डोल्पाली भेंडा हुन् र, जो आए नि जिताएर पठाउन?’
२०७५ श्रावण १८, शुक्रबार १९:५९

शुभप्रभात राई/काठमाडौं
डोल्पाबाट निर्वाचित नेकपा एमालेका सांसद धनबहादुर बूढाले राजिनामा दिने र उनको ठाँउमा ने क पाका नेता वामदेव गौतमलाई उठाउन तयारी भएको चर्चा चलेपछि डोल्पाली युवाले पत्रकार सम्मेलन गरी आक्रोश व्याक्त गरेको छ।
शुक्रवार राजधानीको थापाथलीस्थित मार्टीन चौतारीमा डोल्पाली युवाले सांसद बुढाको राजीनामा प्रति असन्तुस्टी जनाउदै पत्रकार सम्मेलन गरेको जनाएको छ ।
डोल्पाबाट २०७४ सालको निर्वाचनमा नेपालकै सबैभन्दा बढी प्रतिशत मत ल्याइ विजयी भएका उम्मेदवार हुन् धनबहादुर बुढा। बुढा हाल पर्यटन राज्यमन्त्री छन् । उनलाई राजिनामा गराई निर्वाचनमा हार व्यहोरेका नेता गौतमलाई संसदमा ल्याउने तयारी गरिरहेको बेला डोल्पाली युवाहरु उक्त कदम रोक्नको लागि अगाडी बढेका हुन्।
कार्यक्रममा डोल्पाका युवा प्रेमबहादुर बोहोराले भने ‘सरकारको के यो दुई तिहाईको परिणाम हो’, ‘डोल्पाली जनता के भेडा हुन् र जो आए पनि चुपचाप जिताएर पठाउन ?’
सांसद बुढाले डोल्पाली जनता गोजीका भोटरहरु सम्झदै मैले जति खेर प्रयोग गर्न सक्छु भन्दै डोल्पाली जनताप्रति धोका दिन खोजेआफुहरुले युवाहरुले प्रदर्शनमा उत्रने बोहोराको भनाई थियो ।
अर्का युवा नेता सुवास कठायतलेअहिले सम्म डोल्पामा यातायातको सुविधा नभएको उल्लेख गर्दै जनताको सेवा गर्न छाडेर राजीनामा दिन खोज्नु सांसदको गलत कदम हुने बताए ।
भने, ‘सुत्केरी गराउनलाई अस्पताल पुर्याउन घण्टौं लगाएर सदरमुकाम सम्म स्टैचरमा बोकेर लैजानु पर्छ न नजिकै अस्पताल छ न यातायातको सुविधा उनले भने यो कारण कतिले त समयमा नपुर्यानले ज्यान समेत गुमाएका छन् ।यस्ता समस्याहरुको समाधान गर्नु त कहाँ हो कहाँ अझ आफ्नो स्वार्थको लागी आफ्ना आसेपासेको लागी राजिनामा दिनेकुरा कुनै हालतमा सिंगो डोल्पाली जनता ले स्वीकार्दैन ।’
डोल्पाकै चन्द्रा बुढा आक्रोशित हुँदै भनिन्, ‘सांसद बुढाको स्थानमा वामदेव गौतम आउँदैमा उनको मन्तरले न चुँघाटको भीर रोडमा परिणत हुन्छ, न कर्णाली कारेरिडोर पूरै पिच भैहाल्छ, न पक्की पुल बनिहाल्छ न त घरवार विहिन डोल्पाली जनताको घरै तत्काल बन्छ ।’