३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

मिस नेपाल युएसए छैटौं संस्करण डलासमा


२० श्रावण २०७५, आइतबार  

0
Shares

टेक्सास । ‘मिस नेपाल युएसए’ छैटौं संस्करणका लागि २१ प्रतियोगी छानिएका छन् । कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगस्टमा अदीति श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा वराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, जया त्रिपाठी, कृति ढुगेल, लाक्पा शेर्पा, नेलिया गुरुड, पोसा थापा, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल, स्विकृति भट्टराईबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगतिा सन् २०११ देखि अमेरिकामा सुरु भएको हो । ‘युवा सशतिmकरणको नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिता नेपाली कलासंस्कृति, भाषा तथा पर्यटनको प्रवद्र्धन गर्नुका साथै वौद्धिक सुन्दरतालाई बढावा दिने रहेको आयोजक संस्थाका संस्थापक अमित शाहले बताए ।

इ प्लानेट प्रा.लिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको प्रतियोगिता बर्तिका राई, खुश्वु मिश्र, प्रियंका थपलिया लगायतले जितेका छन् । बिगतका बर्षभन्दा ष्यस बर्षको प्रतियोगिता अझ भब्य बनाउन अमेरिकाको डलास क्षेत्र वरपर रहेका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार  ८ : ०७ बजे