१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डा.विदुर चालिसेको कविता संग्रह ‘स्मृतिका पहाड’ विमोचित


२३ श्रावण २०७५, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

भाषाविद तथा कवि डा.विदुर चालिसेको चौंथो कविता संग्रह ‘स्मृतिका पहाड’ बिमोचन भएको छ।

बुधवार राजधानीको बागबजारस्थित पद्मोदय क्याम्पसमा समकालीन साहित्य प्रतिष्ठान, बेलायको आयोजनामा सहप्राध्यपक तथा भाषाविद डा.विदुर चालिसेको चौंथो कविता संग्रह ‘स्मृतिका पहाड’ सार्वजानिक भएको हो।

साहित्यकार श्री ओम श्रेष्ठ रोदन, वरिष्ठ कवि तथा संकृतिविद तुलसी दिवस, पद्मोदय क्याम्पसका सञ्चालक समितिको अध्यक्ष तथा प्राध्यपक डा.कुमार प्रसाद कोईराला, प्राध्यापक रेणुका जोशी, समिक्षक लेखप्रसाद निरौला र लेखक विदुर चालिसेले उक्त कृतिको घुम्टो उघारेका थिए।

समिक्षक तथा प्राध्यपक लेखप्रसाद निरौलाले उक्त कविताको टिप्पणी गर्दै पछिल्लो समय नेपाली साहित्य क्षेत्रलाई शसक्त रुपले अघि बढाउन यो कविताले महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास व्याक्त गरे।

कवितामा प्राचिनतम देखी नविनतम सम्मको कुराहरुलाई सरल तरिकामा प्रश्तुत गरिएको छ, उनले भने मैले यो कविता भित्र परिवर्तन गर्न सक्ने विचार, कवि भूपि शेरचनको जस्तै विम्वनात्मक अभिव्याक्ति र महाकवि लक्ष्मिप्रसाद देवकोटको कवितामा जस्तै भाषिक शैली राम्रो संग समेटिएको बताए।

तुलसी दिवसले सिद्धान्तलाई दाम्लोले बाधेर ल्याएर कवितामा मिसाउँदैमा कविता राम्रो नहुने कुरा प्रश्ट पार्दै उनले सिद्धान्तलाई भन्दा कवितालाई प्राथमिकता दिनुपर्छ र उक्त कवितामा लेखकले कवितालाई नै प्राथमिकता दिएको बताए।

उनले कविताहरु विल्कुलै फरकधार, प्रगतिवादि, नविनतम र मौलिकता जगाउने खालको पाएको तर पाठकले अलि बुद्धिलगाएर मात्र बुझ्न सक्ने समेत आलोचना गरे।

लेखक डा.विदुर चालिसे आफु प्रेम, जीवन र प्रकृतिप्रति कविता लेख्न रुचाउने कवि रहेको बताउदै उनलाई उक्त कृतिकै मन परेको ‘सर्कस र साइरन’ कविता वाचन समेत गरेका थिए।

उक्त कविता संग्रहमा ९६ वटा कविता समावेश छ, र पुस्तकको मुल्य रु ३०० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार  ७ : ४४ बजे