२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

चितवन समाजमा नया नेतृत्व


Ang

२९ श्रावण २०७५, मंगलबार  

0
Shares


चितवन समाज अमेरिकाले न्युयोर्कमा बसोबास गदै आइरहेको चितवनबासी र विभिन्न समुदायको प्रतिनिधिहरुको उपस्थितिमा पिकनिक कार्यक्रमको आयोजना गरियो । खानपिन र नाचगानसंगै समाजले पिकनिकमै नया कार्यसमिति समेत चयन गरेको छ । सन २०१४ मा न्युयोर्कमा सुर्य लम्सालको नेतृत्वमा स्थापना गरेको समाजले प्रभात सापकोटाको अध्यक्षतामा १८ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा शारदा क्षेत्री, राजु रौनियर, सचिवमा प्रभा देवकोटा कोषाध्याक्षमा शिव कुमार पौडेल, सदस्यहरुमा कला खरेल, सरोज गौतम, लक्ष्मी रिजाल, लक्ष्मी सापकोटा, उत्तम शर्मा, विकास आचार्य, सबु सापकोटा, गौतम श्रेष्ठ,विमला तिमिल्सीना, बद्री गौतम, रेस बत्र्तोला, शम्भु पाठक, राजेन्द्र सापकोटा र कृष्ण अधिकारी रहेको छ ।

त्यस्तै सल्लाहकारमा सुर्य लम्साल, बेद खरेल, किरण मरहट्टा र संगिता रिजाल रहेका छन । कार्यक्रममा सस्थालाई सहयोग गर्ने तथा समाजसेवि महिला कला खरेललाई सम्मान गरिएको थियो । दिउसो १२ बजेदेखि बेलुकीसम्म भएको बनभोज कार्यक्रममा एनआरएन एनसिसिका महासचिव विआर लामा, जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ठ, जन सम्पर्क समिति अन्तरााष्ट्रिय सन्जालका अध्यक्ष विष्णु सुवेदी, आदीवासी जनजाती महासंघ फिफनाका अध्यक्ष लुइसाङ वाइवा तामाङ र तामाङ सोसाइटीका पुर्व अध्यक्ष भरत मोक्तान लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार  २ : ४२ बजे