यस वर्षको मिस नेपाल नर्थ अमेरिकाको उपाधी मोनिका घलेले पाएकी छिन । न्युयोर्क निवासी घलेले विभिन्न १७ प्रतिष्प्रधीहरुलाई उछिनेर मिस नेपाल नर्थ अमेरिका भएकी हुन । त्यस्तै क्याडा बैकुबर निवासी सुजाता लामा फष्ट रनर र क्यालिफोर्निया निवासी सिर्जना राई सेकेन्ड रनरअप भएकी थिइन ।
त्यस्तै मिस टयालेन्टमा भर्जिनिया निवासी पुजा थापा, म्यासेचेसेटकी स्वेता लामा मिस पपुलर, टेक्सासकी करुणा अधिकारी मिस फोटोजेनिक, टेक्सासकी संयुक्ता पुरी मिस बेसड्रेस, म्यारिल्याण्डकी सनम थापा मिस पर्सनलिटि, म्यासचुसेटकी शारदा केसी मिस डिसिपिलिन, क्यानाडाकी अनुसा अधिकारी मिस बेस कम्युनिटि आउरिच, इण्डियानाकी ज्योति गुरुङ मिस बेष्ट हेयर, क्यालिफोर्नियाकी आकृति शाह मिस बेष्ट स्कीन र मिनेसोटाकी स्मृति लामीछाने मिस राइजिङ स्टारको उपाधी पाएकी थिएन ।
न्युयोर्क सिटिको डिस्ट्रिक २२ को काउन्सीलमेन कोष्टा कन्सटानटिनिदीसको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै प्रतियोगितामा लाबेलादिभा इन्टरप्राइजेजका सिइओ योवने फोबस प्रमुख निर्णयकको रुपमा थिए भने निर्णयहरुका सिओओ अफ फेसनको इडिटर इन चिफ तथा हलिवुडका सेलिब्रेटी स्लेटबाना र क्रामेर, संयुक्त राष्ट्रका युथ चेयर जोलि अमात्य, व्यवसायी राजु श्रेष्ठ र बंगालदेशकी मोडल तथा नायिका फतिमा रुमा थिए । करिब ७ सयको उपस्थिति रहेको कार्यक्रममा कलाकारहरुका हेमन्त राणा, बाटिका इम राई, विक्की गुरुङ र धरमविर लामाको प्रस्तुति रहेका थिए । मिस नेपाल नर्थ अमेरिका निराकार उप्रेती, नविना बस्नेत र शैलेश श्रेष्ठले संयुक्त रुपमा न्युयोर्कमा पहिलो पटक आयोजना गरेको कार्यक्रम हो ।