४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

तेस्रो तामाङ ज्ञान महोत्सव भव्यताका साथ शूरु, हेर्नुस् फोटोमा


६ भाद्र २०७५, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

राजधानीस्थित नेपाल पर्यटन बोर्डमा तेस्रो तामाङ ज्ञान महोत्सव शुरु भएको छ । हरेक भदौ ६ लाई तामाङ समूदायले आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ । यही सिलसिलामा ज्ञान महोत्सव आयोजना गरिएको आयोजक एवं भाषाविद् अमृत योञ्जन तामाङले जानकारी दिए ।

‘आजकै दिन वि.स‌. १९८९ मा तत्कालीन राणा सरकारले ‘तामाङ’ लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो, यसअघि तामाङहरुलाई आफ्नो थर लेख्न प्रतिबन्ध लगाएको थियो,’ योञ्जनले भने ।

ताम्बाहरुले सेरगेम गरेपछि शुरु भएको कार्यक्रममा प्रदेश ३ की उपसभामुख राधिका तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित भएकी थिइन् । कार्यक्रममा तामाङ समूदायका प्रसद्ध व्यक्तिहरुको उपस्थिति थियो भने तामाङ भाषाका विभिन्न विधाका किताबहरु समेत विमोचन गरिएको थियो ।

भोलिसम्म चल्ने महोत्सवमा तामाङ ज्ञानसम्वन्धी सेमिनारकासाथै तामाङ संस्कृति झल्काउने सामग्रीहरुसमेत प्रदर्शनी शुरु भएको छ ।

 

 

 

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार  ८ : ०१ बजे