२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

मदन पुरस्कार निलम कार्कीलाई, जगदम्बाश्री शान्तदासलाई


११ भाद्र २०७५, सोमबार  

0
Shares

काठमाडौं: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक योगमायालाई प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको गुठीको बैठकले उक्त निर्णय गरेको हो ।

गुठीले ‘योगमाया’सँगै, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ लाई पुरस्कारका लागि श्रेष्ठ ८ पुस्तकको रुपमा छनोट गरेको थियो ।

त्यसैगरी बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ७ : ३१ बजे