८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

अमेरिकाको सबैभन्द ठुलो खेल प्रतियोगिता सेप्टेम्बर पहिलो र दोश्रो दिन न्युयोर्कमा हुदै


Ang

१५ भाद्र २०७५, शुक्रबार  

0
Shares

शेर्पा किदुगको आयोजनामा यही सेप्टेम्बरको १ र २ तारिख न्युयोर्कमा हुन लागेको ‘ समर स्पोटस’ खेल प्रतियोगितामा अहिलेसम्मकै सवैभन्द धेरै २८ फुटबल टोलिले भाग लिएको छ । उक्त टोलिहरुमा ३ महिला फुटबल टोलिले समेत भाग लिएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा फुटबलको साथै १३ भलिबल टोलिले समेत भाग लिएको छ ।

‘ अमेरिकी नेपाली समुदाय वीच एकता र आपसी सदभाव बडाउने उदेस्यले २२ बर्षदेखिन शुरु गरेको कार्यलाई निरन्तरता दिनका लागी यो समर स्पोटस खेल प्रतियोगिताको आयोजना गरेको हो’ शेर्पा किदुगका खेल संयोजक फुर्वा शेर्पाले भने—‘ खेलको माध्यामबाट नेपाली समुदाय वीच आपसमा परिचय गराउन तथा भाइचारको सम्बन्ध बडाउने मुख्य उद्धेस्यनै किदुगको हो ’ । उनका अनुसार करिब तीन महिना अघिदेखिनै सबैलाई जानकारी दिए अनुसार खेलमा भाग लिने खेलाडीहरुको टोलिले गत विहिबार बेलुकीसम्म नाम दर्ता गरिसकेका छन ।

विगत झै यस पनि फुटबलको सेमिफाइनल रयानडल आइल्याण्डमा शनिबार विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म हुने भएको छ भने आइतबार क्वीन्सव्रिज पार्कमा फुटबल र भलिबल दुबै खेलको फाइनल खेल र बेलुकी पुरस्कार वितरण गरिने संयोजक शेर्पाले बताए । उनका अनुसार प्रतियोगितामा फुटबल तर्फ प्रथम हुनेलाई ३५ सय डलर र दितिय हुनेलाई १ हजार प्रदान गरिने भएको छ भने भलिबलमा प्रथम हुनेलाई १ हजार डलर र दितिय हुनेलाई ५ सय डलर दिने भएको छ ।

फाइनल प्रतियोगिता हुने आइतबारको दिन महिलाहरुको फुटबल प्रतियोगिता, बालबच्चाहरुको लागी आर्कषक खेल प्रतियोगिताको साथै सहाभागीहरुको लागी डोरि तान्ने, छेलो हान्ने र म्युजिकल चेयर प्रतियोगिताको साथै राइफल चिट्टा हुने उनले बताए । करिब १२ सय सहाभागीको वीच क्विन्सव्रिज पार्कमा हुन लागेको खेल प्रतियोगितामा सहाभागी हुनेहरु जो कसैले साथमा कुनै पनि परिकारको पटलक ल्याएमा किदुगले विशेष पुरस्कारको व्यवस्था गरेको संयोजक फुर्वा शेर्पाले बताए ।

 

यस पटक फुटबलमा सहाभागी हुने टोलिहरु यस प्रकार रहेको छ ।
१ रसुवा फुटबल क्लब
२ मुगु एफसि
३ सेभेन्टी एट
४ तुम परिवार
५ दोलखा एनवाइएफसि
६ न्युयोर्क नेपाल वारियार
७ मनाङ मस्याङदी क्लब
८ ग्याल्सुम्दा ए
९ ग्याल्सुम्दा वि
१० सिन्धु सोसाइटी
११ सुनि
१२ युनाइटेड शेर्पा फुटबल क्बल पहेलो
१३ युनाइटेड शेर्पा फुटबल क्लब निलो
१४ युनाइटेड शेर्पा जुनियर
१५ किरात राई सोसाइटी
१६ एनवाइबियु
१७ मुस्ताङ ए
१८ मुस्ताङ बि
१९ एनवाइएफसि
२० न्युयोर्क गुरुङ फुटबल क्लब
२१ रिज्युउड
त्यस्तै ३५ बर्ष माथिको उमेर समुहमा
१ ग्याल्सुम्दा
२ सुनि
३ युनाइटेड शेर्पा एसोसियसन
४ मुस्ताङ
त्यस्तै ३ महिला टोलि वीच

 

भलिबलमा भाग लिने टोलिहरु यस प्रकार रहेको छ ।

 

MATCH TEAMS TIME
1 KIRAT YAKTHUNG CHUMLUNG vs. MAGAR SAMAJ 9:30 AM
2 RIDGEWOOD SOCIETY vs. SHERPA KYIDUG 9:30 AM
3 RAMECHAP SHERPA COMMITTEE vs. TAMANG SAMAJ AMERICA 10:15 AM
4 SHINDHU SAMAJ vs. MYAGDHI SAMAJ 10:15 AM
5 GURUNG SAMAJ vs. KIRAT YAKTHUNG CHUMLUNG 11:00 AM
6 MAGAR SAMAJ vs. MYAGDHI SAMAJ 11:00 AM
7 SHERPA KYIDUG vs. TAMANG SAMAJ AMERICA 11:45 AM
8 SHINDHU SAMAJ vs. GURUNG SAMAJ 11:45 AM
9 RIDGEWOOD SOCIETY vs. KIRAT YAKTHUNG CHUMLUNG 2:00 PM
10 MAGAR SAMAJ vs. RAMECHAP SHERPA COMMITTEE 2:00 PM
11 MYAGDHI SAMAJ vs. GURUNG SAMAJ 2:45 PM
12 SHERPA KYIDUG vs. SHINDHU SAMAJ 2:45 PM
13 RAMECHAP SHERPA COMMITTEE vs. RIDGEWOOD SOCIETY 3:30 PM

 

 

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ९ : ०३ बजे