३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कांग्रेस ट्रेड युनियनको स्थापना दिवसमा ‘कर्मचारी’ विमोचित


१९ भाद्र २०७५, मंगलबार  

0
Shares

काठमाडौं। नेपाल निजामती कर्मचारी संघको स्थापना दिवस मनाउदै कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी शीर्षकको पुस्तक बिमोचन गरेका थिए।

मंगलवार राजधानीको बानेश्वरस्थित बेन्क्वेट इभेन्टमा ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्माचारी संघको स्लेथापना दिवसको अवसरमा संघले ११औं पुस्तक बिमोचन गर्दै उक्त संघका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान समेत गरेका थिए।

कार्यक्रम नेपाल निजामती कर्मचरी संघको  केन्द्रिय कार्य समितिका अध्यक्ष गोपाल पोख्रेल, प्रमुख अतिथि शेरबहादुर देउवा, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौंला, नेपाली कांग्रसका पूर्वमन्त्री कमला पन्त, कांग्रेसका नेता शंकर भन्डारी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पून्यप्रसाद ढकाल लगायतको सहभागी रहेको थियो।

संघीयता, समावेशीता, पेशागत सुरक्षा र सेवा प्रवाहको सुनिश्चितता गतिशिल, व्यावसायिक र मर्यादित ट्रेड युनियन आन्दोलन निजामती कर्मचरी संघको पनि प्रतिबद्धता रहेको संघका अध्यक्ष पोख्रेलले जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल निजामती कर्मचारी संघले लामो समय निरन्तर रुपमा कार्यकाल पार गरिसकेकोमा सम्पूर्ण टिमलाई बधाई दिदै जति पनि रिटायर्ड भएको कर्मचारीहरु संग राम्रो अनुभव हुने विश्वास गर्दै आफ्नो पार्टीमा ठाउ समेत दिने बताएका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  ७ : ५४ बजे