१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

‘शेर्पा समुदायलाई अमेरिकी राजनीतिमा सहभागी गराउने प्रयास हुनेछ’


२० भाद्र २०७५, बुधबार  

0
Shares

निमा शेर्पा

अध्यक्ष, शेर्पा संघ अमेरिका

अमेरिकी शेर्पा समुदायमा भावी पुस्तालाई अमेरिकी मूलधारको राजनीतिक जागरणका लागि अमेरिकामा स्थापना भएको शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ । एक वर्षअघि बनेको तदर्थ समितिको संयोजक निमा शेर्पा उक्त अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।

अमेरिकी नेपाली समुदायमा क्रियाशील शेर्पा संघ स्थापना देखिनै निरन्तर लाग्दै आएका व्यक्ति हुन् । अमेरिकी शेर्पा समुदायमा संघ स्थापनाको औचित्य, भूमिका र आगामी योजनाबारे अध्यक्ष शेर्पासँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः

शेर्पा संघ अमेरिका स्थापनाको मुख्य कारण के हो ?
प्रवासमा खुलेका संघसंस्थाले नेपाली भाषा, धर्म र साँस्कृति जोगाउने गतिविधि गरी राम्रो कामहरू गरिरहेका छन् । जुन अहिलेसम्मको समयको माग पनि हो । तर अबको आवश्यकता भनेको भावी पुस्तालाई अमेरिकाको मूलधारको राजनीतिमा कसरी अघि बढाउन भन्ने हो । यही आवश्यकतालाई महसुस गरी नेपाली अमेरिकी शेर्पा समुदायको भावी पुस्तालाई अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गराउन शेर्पा संघ अमेरिका स्थापना भएको हो । यसको साथै नेपालको शेर्पा संघलगायत विश्वभरिका शेर्पा संघसंस्थासँग हातेमालो गदै शेर्पा समुदायको हितमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा टेवा पु¥याउने सोचको साथ संघ स्थापना भएको हो ।

कतिपयले शेर्पा किदुग हुँदाहँुदै संघ खोलेर विभाजनतिर लागेको भन्ने आरोप पनि लगाउन थालेका छन् नि ?
कसैलाई त्यस्तो लाग्छ भने त्यो बिलकुलै गÞलत हो । त्यस्तो गÞलत र भ्रामक कुराको पछाडि नलाग्न म आम शेर्पा समुदाय र सबैमा अनुरोध गर्दछु । किनकि म आफू पनि शेर्पा किदुगमा ४ वर्ष सेवा गरेको व्यक्ति हुँ । अमेरिकी शेर्पा समुदायको बृहत् हितमा केही गरौँ भनेर नै हामी यसरी अघि बढेका हौ ।

अमेरिकी शेर्पा समुदायमा शेर्पा किदुग र शेर्पा संघ कसरी अघि बढ्छ ?
अमेरिकी शेर्पा समुदायमा यो दुई संस्था नङ र मासु जतिकै गाढा सम्बन्ध छ । जसरी नेपालमा शेर्पा सेवा केन्द्र र नेपाल शेर्पा संघ अघि बढेको छ त्यस्तै गरी नै हामी पनि अघि बढ्दै जानेछौ ।

शेर्पा संघ स्थापना गर्ने सोच कसरी अघि बढ्यो ?

म शेर्पा किदुगमा सचिव पदमा कार्य गर्नु भन्दा पहिलादेखि नै अग्रजहरूले शेर्पा संघ अमेरिकाको परिकल्पनासँगै आवश्यकता महसुस गरेको पाएका थिएँ । उक्त कुरालाई त्यही परिकल्पनामा मात्र सीमित नराखी समय सापेक्षित रूपमा पुरा गर्न यसको थालनी गरेका हौ ।

तपाईँको नेतृत्वमा बनेको शेर्पा संघ अमेरिकाको कार्य समिति कसरी चयन भयो ?
नेपालको विभिन्न जिल्ला हुँदै अमेरिका आई पुगेका शेर्पाहरूलाई समेट्ने अभिप्राय र हाम्रो शेर्पा संघको उद्देश्यलाई प्राप्तिको निमित्त निकै जागरुक र उत्साहितहरूलाई समेटेर नयाँ कार्य समिति चयन भएको छ ।

संघको आगामी योजनाहरू के के छ ?
मुलत संघको आगामी योजनाहरू पहिलो त हुन लागेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली समुदायको तर्फबाट आफ्नो सहभागिता जनाउने हो । संघले आफ्नो लक्ष्य प्रेरितको लागि विभिन्न राजनीतिक दल, न्युयोर्क सिटी र स्टेटसँग मिलेर कार्य गर्ने योजना छ ।
यसको साथै शेर्पा समुदायमा राजनीतिक चेतना फैलाई राजनीतिमा लाग्ने युवाहरूलाई प्रोत्साहन गर्ने हाम्रो अर्को मुख्य योजना हो ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ९ : २१ बजे