समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २-० ले हरायो ।
नेपालका लागि विमल घर्ती मगरले पहिलो हाफ र नवयुग श्रेष्ठले दोस्रो हाफमा गोल गरे ।
विमल घर्ती मगरले खेलको ३३औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
वैकल्पिक खेलाडी श्रेष्ठले ९०औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गरे ।