१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाची समाजको पिकनिकसंगै कार्यसमिति चयन 


Ang

३१ भाद्र २०७५, आइतबार  

0
Shares

अर्घाखाची नेपाली सोसाइटी अमेरिकाले न्युयोर्कको क्विन्सस्थित रर्‍यान्डल आइल्यान्डमा पिकनिक कार्यक्रम आयोजना गरि कृष्ण पोखरेलको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा बालकृष्ण घिमिरे, कोषाध्यक्षमा ऋषि अधिकारी, उपसंयोजकमा न्युयोर्कबाट देव गौतम, क्यालिफोर्नियाबाट बन्धु पोखरेल, टेक्सासबाट दीपु भुसाल र कोलोराडोबाट रुकबहादुर पचाइ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा नारायण थापा, गुणबहादुर घर्ती मगर, राजन पौडेल, सुशील ज्ञवाली, कालीदास अर्याल, परशुराम पन्थी, केदार श्रेष्ठ, राधा ज्ञवाली, शिव रावल, कृष्ण टण्डन रहेका छन् । समितिको सल्लाहकार बोर्डमा मोहन ज्ञवाली क्षेत्री, पीताम्बर भुसाल, बाला घिमिरे, डा अर्जुन बन्जाडे, रामसी पोखरेल, डा केशव भट्टराई, नामलाल श्रेष्ठ, चित्र केसी, मधु पन्थी, डा कृष्ण बेलबासे, मतिराज भुसाल र यज्ञराज आचार्य रहेका छन् ।सोसाइटीले आफनो गृह जिल्लाको हितका लागि काम गर्ने संयोजक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  १० : २२ बजे