२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

न्युयोर्कमा विशेष कवि सम्मेलन


Ang

२ आश्विन २०७५, मंगलबार  

0
Shares

साहित्यकारहरू प्रायः पोशाकमा त्यति सचेत हुदैनन् । औपचारिक कार्यक्रममा पनि अनौपचारिक पोशाक लगाउन उनीहरू रूचि देखाउछन् । नेपाली कवि-लेखक भनेपछि चुस्स दारी पाल्ने, खकाले झोला बोक्ने अनि चप्पल पड्काउादै हिंड्ने छवि अगाडि आउाछ । यद्यपि साहित्यकार पनि करोडपति, अर्बपति, उद्योगी, व्यापारी, उच्च प्रशासक नभएका होइनन् ।
साहित्यकारको नकारात्मक छवि हटाउनकै लागि हुनसक्छ न्युयोर्क निवासी वरिष्ठ कवि किशन सिंह धामीको सक्रियतामा यहाा विशेष कवि सम्मेलनको आयोजना गरियो । तारा-किशन फाउन्डेसनको आयोजनामा भएको सम्मेलनको नाम नै ‘र्फमल ड्रेसमा कविता वाचन २०१८’ राखिएको थियो । कार्यक्रममा कवि र कविका जीवनसाथीलाई पनि अनिवार्य रूपमा उपस्थिति गराइएको थियो ।
सबै कविले आफनो टेबलमा मैनबत्ती बालेर सुरु गरिएको कवि सम्मेलनमा तीस जना कविले समसामयिक कविता वाचन गरेका थिए । मधु माधुर्य, कृसु क्षेत्री, व्याकुल पाठक, आनन्द श्रेष्ठ, विनोद रोका, पद्मा लिंखामगर, सीता खरेल, राजेन्द्र श्रेष्ठ, वन्दना कोइराला, गीता पन्थ, गोविन्द कोइराला, मणि वाङ्देल राई, पुष्पा अधिकारी गौतम, कमला प्रसाईं, नवराज खड्का तथा लक्ष्मी श्रेष्ठले कविता वाचन गरेका थिए ।
यस्तै गरी रश्मि भट्ट, राजन महर्जन, विजया सिंखडा, ज्योतिकुमार श्रेष्ठ, नदिया लिवाङ, बन्धु पोखरेल, विशाल विक्रम शाह, हंशराज जोशी, विकास विष्ट, विष्णु पौडेल, कुन्ती थापा, जानुका वस्ती ढकाल, पुनम काˆले, शकुन ज्ञवाली र किशन सिंह धामीले कविता वाचन गरे ।
सम्मेलनलाई नेपाली महावाणिज्य दूतावास न्युयोर्क, वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान, ट्याक्स राजा, टुटुल्को डटकम, नेपालय, कता जाने पब्लिकेसन सेन्टर, ल अफिस अफ विनोद रोका, काठमाडौं ˆयुजन किचनले प्रायोजन गरेका थिए ।
सम्मेलनलाई संवोधन गर्दै कवि एवं नेपाली महावाणिज्य दूतावास न्युयोर्कका वाणिज्य दूत कृसु क्षेत्रीले यस किसिमको कवि सम्मेलन नेपाली साहित्यको इतिहासमा नौलो प्रयोग भएको बताए । उनले वाचित कविता उच्चस्तरीय भएको मूल्यांकन गर्दै नेपाली कविहरू जुनसुकै देशमा पुगे पनि आफनो परिवेश र देशप्रेम कवितामा छताछुल्ल हुने गरेको धारणा राखे ।
आयोजक कवि किशनले साहित्यप्रतिको आफनो गाढा लगावका कारण न्युयोर्क जस्तो व्यस्त शहरमा रहेर पनि आफूले यस किसिमको साहित्यिक कार्यक्रम गर्न सकेको धारणा राखे । उनले वाचित कवितालाई समेटी निकट भविष्यमै नेपाली र अंग्रेजी भाषामा संग्रह प्रकाशन गरिने जानकारी पनि दिए ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ७ : ३३ बजे