५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

न्यूयोर्कमा एनआरएन डे बिशेष मनाउने तयारी


Ang

१० आश्विन २०७५, बुधबार  

2
Shares

 

एनआरएनए न्यूयोर्क च्याप्टरले आगामी अक्टोवर ६ तारिख शनिवारका दिन एनआरएन डे मनाउने तयारी गरेको छ । न्यूयोर्क सिटीका निर्वाचित पदाधिकारीको उपस्थितिमा हुन लागेको दिवसमा न्युयोर्क च्याप्टरले बिविध सास्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । गैरआवासिय नेपाली संघ राष्टि्य समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीका अनुसार न्यूयोर्क राज्यको कुईन्स काउन्टी अन्र्तगतका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाइदैछ ।

एनआरएन आईसिसी डिआरसि नविन शेरचन, एनआरएनए महासचिव बाबुराम लामा तथा बोर्ड सदस्य सञ्जय थापाको बिशेष उपस्थितिमा च्याप्टरको आइतवार बसेको कार्यसमिति बैठकले एनआरएन डे बिशेष रुपमा मनाउने निर्णय गरेको हो । च्याप्टरले यसका लागि बिशेष तयारी समेत शुरु गरेको छ । एनआरएनए र न्यूयोर्क राज्यका बीचमा समन्व्यकारी भुमिका निर्वाह गर्नका लागि समेत यस पटक न्यूयोर्क राज्यका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

नेपाली र नेपालीभाषी समुदायले न्यूयोर्क राज्यमा निर्वाचित पदाधिकारी समक्ष आफ्ना माग राख्न सक्ने र भोलीका दिनमा सहकार्य गर्न सजिलो होस भन्ने अभिप्रायले बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीको भनाई छ ।

एनआरएन डे बिशेष कार्यक्रममा बिभिन्न समुदायको बिशेष नृत्य तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि अन्तराष्टि्य समन्व्य परिषद क्षेत्रिय समिति र गैरआवासिय नेपाली संघ राष्टि्य समन्व्य परिषद अमेरिकाको बिशेष भुमिका रहने जनाउदै बिभिन्न संघ सस्था तथा सामाजिक व्यक्तित्वहरुलाई सहयोगका लागि अपिल समेत गरिएको छ ।

 

 

 

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  ७ : ३५ बजे