संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका प्रधानमन्त्रि केपि ओलिलाई नेपाल तरुण दल अमेरिकाले राष्ट्रसंघको भवन अगाडी विरोध प्रर्दशन गर्ने भएको जनाएको छ । नेपाल तरुण दलका उपसभापति अनन्तराज सुवेदीले जारी गरेको विज्ञाप्तीका अनुसार प्रम ओलि नेतृत्वको सरकारले हत्यारा र अपराधीलाई कर्वाही गर्न नसकेको, बडदो भ्रष्टचार हटाउन नसकेको र अनियन्त्रित महाङगीको विरुद्धमा विरोध गर्न लागेको जनाएको छ ।
विरोध प्रधानमन्त्रि ओलिले राष्ट्रसंघमा सम्बोधन गर्ने दिन सेप्टेम्बर २७ तारिख राष्ट्रसंघको भवन र सेप्टेम्बर २८ तारिख नेपाली समुदायसगको कार्यक्रम हुने दिन ज्याक्सनहाइटस्थित रुजभेल्ट एभिन्युमा कालो झण्डा देखाउन लागेको जनाएको छ । ‘ नेपाल देश र जनता रुइरहेको बेला प्रमको आयोजित सम्मान कार्यक्रमको कुनै अर्थ नरहेकोले हामी विरोधमा उत्रेका हौ’ उपसभापति सुवेदीले बताए ।
तरुणदल अमेरिकाले जारी गरेकेा विज्ञाप्ती जस्ताको त्यस्तै
आदरणिय न्यायप्रेमी दाजुभाई तथा दीदिबहीनिहरू
नेपालको कम्यूनिष्ट सरकारको तानाशाही हैकमबादी प्रवृत्ति , अघिनायकबादी चरित्र र राज्यको ब्यापक दमन , भ्रष्टाचार ,दिन दाहाडै भयका हत्या एबं बलात्कार ,अनियन्त्रित महँगाई बिरूद्दमा ब्यापक बिरोघ प्रदर्शन एवं नेपालको लोकतन्त्र , मानवाधिकारको समर्थनका लागी तरूण दल अमेरिकाले यहि सेप्टेम्वर २७ तारीकका दिन ३ बजे दिउसो संयूक्त राष्ट्र संध को मुख्यालय न्यूयोर्कमा (स्थान :- Dag Hammarskjold plaZa, 47th St.1st Ave Manhattan , New York मा र २८ तारिक देश र आम नेपाली जनता रोईरहेको बेलामाआयोजित औचित्य हीन सम्मान कार्यक्रमको कुनै अर्थ नरहेकोले (72-11 Roosevelt ave) मा दीउसो ४ बजे देखी प्रधानमन्त्रि के पी ओली बिरूद्द कालों झण्डा सहित ब्यापक बिरोघ प्रदर्शन कार्यक्रम आयोजना गरेको यहाहरूलाई जानकारी गराउदै उक्त बिरोघ कार्यकरममा ब्यापक सहभागिताको लागि हार्दिक अनुरोघ गरीन्छ। पुनश्च बिरोधका सम्पुर्ण कार्यक्रमहरुको बारेमा यथासिध्र प्रकाशित गरीनेछ । जय नेपाल
अनन्तराज सुबेदी
उप सभापति
नेपाल तरूणदल अमेरीका