५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

साहित्यकार भुवनहरि सिग्देलको उपन्यास ‘धनञ्जय’ बिमोचित


११ आश्विन २०७५, बिहिबार  

0
Shares

काठमाडौं। साहित्यकार साथै प्राध्यपक भुवनहरि सिग्देलको उपन्यास धनञ्जयको बिमोचन भएको छ।

बिहिवार राजधानीको पुतलिसडकस्थित सर्वनाम नाटक घरमा साङ्ग्रिला बुक्सको आयोजनामा सिग्देलको उपन्यास धनञ्ज्य बिमोचन भएको हो।

कार्यक्रममा प्राध्यपक माधव पोख्रेल, प्राध्यपक राजेन्द्र सुवेदी, साहित्यकार तथा प्राध्यपक रामप्रसाद ज्ञवाली, साहित्यकार माया ठकुरी र लेखक भुवनहरि सिग्देलले कृतिको घुम्टो उघारेका थिए।

साहित्यकार तथा प्राध्यपाक ज्ञवालीले नारिको स्वभिमान, सामाजिक यथार्थ, जीवन शैली साथै ईतिहास धनञ्जयमा आफुले पाएको बताउदै उनले पुस्तक पढ्दै जादा पाठकलाई रोमाञ्चकका कुराहरुदेखि गम्भिरता समेत बनाउने दाबी गरे।

साहित्यकार माया ठकुरीले आफुले पुस्तक पढिरहदा पुस्तकमा आजको जमानाको कुराहरु नभेटिएको र करिव तिस दशक अगाडिको कुराहरु भेटिएको बताइन् ।

पुस्तकभित्र समेटिएका कुराहरु अहिलेको परिपेक्षमा ढाँचा नमिल्ने ठकुरीले बताइन् । ब्यास्तता का बावजुत पनि आफ्नो परिवारलाइ समय दिनु पर्ने साथै नारीले गरेको विद्रोहको बारेमा पुस्तकमा राम्रोसँग समेटिएको बताइन्।

प्राध्यापक राजेन्द्र सुवेदीले उक्त कृति आदर्शबादी भएको प्रष्ट पार्दै पुस्तकमा पृथ्वी राजमार्ग निर्माण भएको बेलाको घट्नाहरु लाई यथार्थ रुपमा प्रश्तुत गरिएको समेत बताए।

उनले कृतिमा मनोबैज्ञानिक हिसावले पात्रलाई खेलाउन नसकेको भनि लेखकलाइ सुझाव समेत दिए।

प्राध्यापक माधव पोख्रेलले उपन्यास वर्तमानमा लेख्नु पर्ने बताउदै उक्त कृतिले समसामायिक विषयमा कुरा उठ्ठान नभएको र आजको समाजमा यो पाराको कृति नलेख्न समेत लेखकलाई सुझव दिए।

लेखकले यथार्थ घट्नामात्र नभएर अति यथार्थ घट्नाहरु संकलन गरेर पुस्तकमा समावेश गरेको बताए । भने ‘मैले पुस्तकमा कुनै पनि बिषयलाई नसाको रुपमा लिनु हुदैन, चाहे पढाई होस या त पैसा’ भन्ने कुरालाई मुख्य उठान गरेको छु ।’

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  ५ : ३२ बजे