१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

नुवाकोट ककनीका २५ विद्यार्थीलाई झोला र कपी


१३ आश्विन २०७५, शनिबार  

0
Shares

मोन्डो फाउन्डेसन जर्मनको सहयोगमा हेल्प नेपालले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ स्थित देउराली महाकाली आधारभूत विद्यालयका २५ बिद्यार्थीहरुलाई झोला, कापी लगायत सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयको प्राङ्गणका औपचारिका कार्यक्रम गरी सो सामग्री हस्तान्तरण गरिएको थियो । हन्तान्तरणमा मोन्डोका निर्देशकद्धय हर्ष क्यासडन र जिल क्यासडन, हेल्पका कार्यकारी निर्देशक जिमी लामा, सदस्य डिकी लामा, वडा नं. ७ वडा सदस्य कुलराज थपालिया, भिडियो नायक तथा समाजसेवी अक्कलबहादुर ग्लान, विद्यालयका पूर्व विव्यस अध्यक्ष टेकमान तामाङ लगायत विद्यार्थीहरुको अभिभावक उपस्थित रहेका थिए ।

हस्तान्तरणपछि विद्यालयका अध्यक्ष प्रविन तामाङले यस्तो सहयोगले विद्यार्थीहरुलाई स्कूल आउन प्रेरणा मिल्ने बताउदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

संचारकर्मी अर्जुनबहादुर तामाङको अगुवाईमा यस संस्थाले ब्रम्हायणी र यस विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
प्रधानाध्यापक शेषमान तामाङद्धारा संचालित कार्यक्रममा शिक्षिका सम्झना तामाङले स्वागत मन्तव्य राखेको थिए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  १० : ५३ बजे