६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

शेर्पा किदुगको सक्रियतामा ज्याक्सन हाइटमा पहिलो पटक सरसफाई


१५ आश्विन २०७५, सोमबार  

0
Shares

न्युयोर्क । ज्याक्सन हाइटको आसपास आइतवार विहानीपख शेर्पा किदुगको टिसर्ट लगाउनेहरुको चहलपहल देखिन्थ्यो । हातमा पञ्जा, झाडु, बेल्चा र प्लास्टिक झोला बोकेका उनीहरु ज्याक्सन हाइट क्षेत्रको सरसफाईमा खटिए ।

उनीहरुसँगै काउन्सल मेम्बर डेनियल ड्रमले पनि सरसफाई कार्यक्रमलाई साथ दिए । विभिन्न समूहमा सफाईमा खटेका उनीहरु डेढ सयभन्दा बढी थिए । शेर्पा किदुगले पहिलो पटक आयोजना गरेको सरसफाइमा अधिकांश शेर्पाहरुको साथमा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुले मध्यदिनसम्म  सरसफाईमा साथ दिएका थिए ।

बिहान ८ बजे शेर्पा किदुगमा भेला भएका उनीहरु १२ बजेसम्म विभिन्न स्थानको सफाईमा सक्रिय रहे । ‘नेपाल बाहिर आए पनि आफ्नै ठानेर सरसफाई गर्नु हामी सवैको दायित्व ठानेर किदुगले यस्तो कार्यक्रम गर्नु धेरै राम्रो हो,’ नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङदावा शेर्पाले भने, ‘जहिले पनि परिवर्तन आफूबाटै शुरु गर्नुपर्छ भने झै यो सरसफाई पनि हामीबाट गरेमा अरुले पनि यस्तो सफाई गर्नुपर्छ भनेर सिक्दै जानेछ ।

सरसफाईमा भाग लिनेहरुलाई किदुगले बिहान चिया र खाजाको व्यवस्था गरेको थियो । ‘काउिन्सल मेम्बरसँगै किदुगले मिलेर सरसफाई गर्न पाएकोमा खुसी लाग्यो,’ किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने, ‘हामी आफू बस्ने ठाउँको आसपासमा पहिलो पटक किदुगले सरसफाई गरी धेरैलाई फाइदा मिलेको छ ।’

सरसफाई कार्यमा विहानदेखि अन्तिमसम्म साथ दिएका काउन्सीलमेम्बर पनि निकै खुसि थिए । ‘ न्युर्योकबासी शेर्पा समाजले क्विन्सको ज्याक्सनहाइटमा पहिलो पटक सरसफाई गरि निकै प्रसंसानिया कार्य गरेको छ ‘ काउन्सील मेम्बर डेनियल ड्रमले भने—’ यस किसिमको कार्यले स्थानीय सबै समुदायहरुलाई फाइदा पुग्ने छ ‘ । सरसफाईमा कम्युनिटि बोर्ड मेम्बर मोहन ज्ञवाली लगायत तामाङ, मगर, ग्याल्सुम्दो, हिमालयन बुद्धिष्ठ कम्युनिटि, मुस्ताङ लगायतका विभिन्न सस्थाहरुको प्रतिनिधिहरुको सहाभागी भएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ६ : ०४ बजे