१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन डेमा न्युयोर्क च्याप्टरको विशेष कार्यक्रम : विभिन्न संघसंस्था र व्यक्ति सम्मानित


२२ आश्विन २०७५, सोमबार  

0
Shares

न्युयोर्क । एनआरएन न्यूयोर्क च्याप्टरले शनिवार न्यूयोर्कमा विशेष कार्यक्रमको आयोजना गरी एनआरएन डे मनाएको छ । न्युयोर्क सिटीमा निर्वाचित पदाधिकारीहरूलाई विशेष अतिथिका रूपमा बोलाई विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरेर भव्य रूपमा एनआरएन डे मनाएको हो ।

सबै नेपालीको साझा संस्थाका रूपमा स्थापित एनआरएन र स्थानीय निकायका बीच समयन्वयकारी भूमिका निर्वाह गर्ने उदेश्यका साथ न्यूयोर्क सिटीमा निर्वाचित पदाधिकारीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको थियो ।

कार्यक्रममा नेपाली समुदायमा परिचित नेपाली समुदायसँग कामसमेत गरेका काउन्सिल म्यान कोष्टा, यसएमली म्यान ब्राइन ब्राइनवेल, पूर्व काउन्सिल उमन एलिजेवद क्राउलीले आफूहरू नेपाली समुदायसँग सहकार्य गरी अगाडि बढ्न इच्छुक रहेको र सिटीमा रहेका सेवा सुविधा नेपाली समुदायलाई उपलब्ध गराउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

न्युयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महावाणिज्य दूतावास न्युयोर्कका वाणिज्य दूत कृशु क्षेत्री, एनआरएन अमेरिका महासचिव बिरआर लामा, कानुन व्यवसायी तथा एनआरएन अभियान्ता खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति पूर्व संयोजक तथा विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, प्रवासी नेपाली मञ्च अमेरिकाका उपमहासचिव कृष्ण लामिछाने, रिजउड नेपाली समाजका सचिव भुवन अधिकारी, लङआइल्याण्ड नेपाली समाज अध्यक्ष टिका ढकाल, फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, एनआरएन आइसिसी सदस्य बन्दना कोइरालालगायतले एनआरएनका उद्देश्य र उपलब्धिका साथै आगामी नीतिहरूका बारेमा बोलेका थिए । कार्यक्रम सञ्चालन च्याप्टर महासचिव महेश खड्काले गरेका थिए ।

कार्यक्रममा सिमरन अधिकारी, विद्या पौडेल, प्रिसिला सिंह, सुहाना गुनी, स्मारिका पाण्डे, गरिमा ज्ञवाली, प्रग्ना पन्थी, योगिन विष्ट लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै एनआरएनए न्यूयोर्क च्याप्टरले संस्थाको हितमा काम गरेका विभिन्न संघ सस्थाहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरूमा लङआइल्याण्ड नेपाली समाज, रिजउड समाज, फिप्ना, अधिकार, किराँत राईत एशोसियन र बलेवा समाज छन् ।

यस्तै सिटी काउन्सिलबाट अर्जुन मैनाली, डा. हरि दाहाल, कञ्चन बस्नेत, गोपाल गुरुङ, बेगम पण्डित, प्रेमकुमार राई, चन्द्र जिसी र कुलप्रसाद गौली सम्मानित भएका छन् ।

यस्तै एनआरएनए न्यूयोर्क च्याप्टरलाई सहयोग गर्ने नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, सञ्चारकर्मी शैलेष श्रेष्ठ, अकुर लुइँटेल, पत्रकार दीपक परियार, लेखक राजन थपलिया, एल्महस्ट हस्पिटल कम्यूनीटि बोर्ड सल्लाहकार यादव बास्तोला, नेपाल विद्यार्थी संघ अमेरिका अध्यक्ष प्रभात सापकोटा, दुर्गेस कार्की, तेम्बा शेर्पा, पुनम राना मगर, विनोद थापा, मच्छे गुरुङ, अच्युत सिग्देल, अञ्जन श्रेष्ठ लगायतका २३ जना सम्मानित भएका छन् ।

हाल विश्वभर ७९ देशहरूमा राष्ट्रिय समन्वय समितिहरू रहेको गैरआवासीय नेपाली संघको स्थापना दिवस हरेक वर्ष मनाउँदै आइएको छ । संघको अमेरिकामा २९ राज्यमा च्याप्टरहरू रहेका छन् । विश्वभर झन्डै ४० लाख प्रवासी नेपालीहरू रहेको अनुमान गरिएको छ भने अमेरिकामा २ लाख भन्दा बढी रहेको अनुमान छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ४ : २८ बजे