एभरेष्ट टाईम्स् सम्वाददाता, वाशिङटन डिसी
तामाङ सोसाइटी अफ ग्रेटर वशिङ्टनको नियमित बार्षिक साधारण सभा तथा सातौ अधिवेषण सम्पन्न भएको छ । गत हप्ता भर्जिनिया राज्यको फेयरफ्यासमा भएको सभामा कार्यसमितिले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रगती विवरण तथा आर्थिक प्रतिवेदन पारितका साथै विधानमा केहि संशोधन समेत गरिएको छ ।
सोही दिन सम्पन्न अधिवेषणबाट २०१८-२०२० कार्यकालका लागि नयाँ कार्यसमितिको चयन भएको छ । प्रमुख निर्वाचन आयुक्त चन्द्र लामा, आयुक्तहरु नेत्र घिसिङ् र बिना खड्का लामा सम्मिलित निर्वाचन आयोग खडा गरी अधिवेषण सम्पन्न गरेको हो । सर्बसम्मती भएको निर्वाचनमा पुन: दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष उत्तर लामा दोङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा फाउदा लामा, सचिवमा हेमकला घिसीङ, कोषाध्यक्षमा नानीदेवी लामा, सह-सचिवमा आमोद घिसीङ, सह-कोषाध्यक्षमा पेम याङ तामाङ रहेका छन । यसै गरी प्राविधिक अधिकृतमा पेमा लामा दोङ र जनसम्पर्क अधिकृतमा इश्वरजङ तामाङ छन । त्यस्तै सन्तोष लामा घिसीङ, भीम तामाङ, गोरे लामा, दावा तामाङ, दावा तामाङ पाख्रीन र मेज कार्टर, सुर्य थोकर तामाङ बोर्ड अफ डिरेक्टर रहेका छन । संस्थाको निबर्तमान अध्यक्ष पदेन बोर्ड अफ डिरेक्टर रहने ब्यवस्थानुसार आनन्दु लामा थिङ पदेन बोर्ड अफ डिरेक्टर बनेका छन ।
७५ वर्षिय वयोबृद्द रत्न बाहादुर तामाङ (घिसिङ्), संस्थाको संस्थापक उपाध्यक्ष डिग बहादुर तामाङ र निबर्तमान अध्यक्ष आनन्दु लामा थिङको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त चन्द्र लामाले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारिहरुलाई शपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरेका थिए ।उक्त कार्यक्रममा अध्यक्ष उत्तर दोङले सम्पुर्ण सदस्यहरु तथा सिङ्गो तामाङ समाजको आकाङक्षलाई समेट्ना नयाँ पिडीलाई सकृय सहभागिता गराउदै सिर्जनशील ढङ्गले अघी बढाएर संस्थालाई थप बिकास गराउँने सोच तथा संकल्प व्यक्त गर्दै प्रतिबद्दता जनाएका थिए ।