काठमाडौं– १६ बर्षमा पढ्नकै लागि बनारस भागेर गएका व्यक्ति मुलुक फर्केपछि लेखक, राजनीतिज्ञ, सहकारीविद मात्रै हैन मन्त्री र योजनाविदसम्म बने ।
उनी हुन्– पूर्व उद्योगमन्त्री तथा पुर्व उच्चस्तरिय भुमिसुधार आयोगका अध्यक्ष केशव बडाल । उनै वडालको जीवनका अनेक घुम्तीभित्र पसेर कवि तथा लेखक अनिल पौडेलले पुस्तक तयार पारेका छन्– ‘इमानको इन्द्रेणी’ । पुस्तकको शनिबार राजधानीमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरे । ‘मुलुकको सहकारी आन्दोलन र भुमी सुधारको क्षेत्रमा वडालजीको योगदान अतुलनीय छ’, लोकर्पणपछि प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका हरेक बैठकमा उहा“सधै सहकारी र भुमीकै एजेण्डा अघि सार्नु हुन्थ्यो ।’
साहित्यकार एवं परराष्टमन्त्री प्रदीप ज्ञवालीले मुलुकभित्र इमानको खडेरी पर्दै गइरहेको बेला बडालको जीवनीकृति उत्प्रेरक बन्न सक्ने बताए । ‘उहा“को जीवनका घुम्ती र संघर्षका पाटोहरु नियाल्दा इमान्दारितालाई केन्द्रविन्दुमा पाउ“छौं’, ज्ञवालीले भने, ‘राजनीतिको ठुलो ओहदामा पनि पुगेर पनि इमान जोगाउनसक्ने कम व्यक्तित्वमा उहा“ पर्नुहुन्छ ।’ बडालबाट राजनीतिको नया“ पुस्ताले पनि मनग्गे सिक्नुपर्ने उनले दावी गरे । त्यस्तै अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) बोर्ड संचालक तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारी आन्दोलनलाई संस्थागत गर्दै अन्तराष्ट्रिय स्तरमा पुर्याउन बडालको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्नेगरी बडालको नाममा १ लाख १ हजार रुपैया“को अक्षय कोष समेत घोषणा गरिन् ।
पुस्तकका लेखक अनिल पौडेलले राजनीति, सहकारी, भुमि आयोग, उद्योग मन्त्री, लेखन लगायतका क्षेत्रहरुमा बडाललाई नियाल्दा स्वाभिमान र इमानको रंग अधिक पाइएकोले पुस्तक नाम त्यही अनुसार राखिएको बताए । पुस्तक भुडीपुराण प्रकाशनले छापेको हो । काभ्रे तेमाल–१ सस्र्युंखर्कमा जन्मेका बडालले ‘सहकारी सिद्धँन्त र प्रयोग’, ‘भुमि र कृषिको अर्थ राजनीति’, ‘भियतनाम, भुमिसुधार र औद्योगिक विकास’, ‘चीनको अर्थ राजनीति र सहकारी’, ‘नेपालमा कृषि क्रान्ति भुमिसुधार र औद्योगिक विकास’, ‘समृद्ध अर्थतन्त्रका लागि सहकारी’ जस्ता खोजमुलक पुस्तकहरु निकालिसकेका छन् । कार्यक्रममा यसबर्षको सहकारी पत्रकारिता पुरस्कार यादव हुमागाईलाई दिइयो ।