९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

नेवाः नखः न्युयोर्कको अध्यक्षमा विष्णुमान प्रधान निर्विरोध


२९ आश्विन २०७५, सोमबार  

0
Shares

न्युयोर्क । नेवाः नखः न्युयोर्कको दोस्रो अधिवेशनले विष्णुमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अक्टोबर १३ मा भएको साधारण सभा तथा अधिवेशनले प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिका प्रथम उपाध्यक्षमा महेन्द्रवीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महासचिवमा डा. नरेशमान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपककुमार प्रधान, सहकोषाध्यक्षमा सुजन श्रेष्ठ, निर्वाचित गरेका छन् भने सदस्यहरूमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमारभक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त वीरेन्द्र प्रधानको निर्वाचन कमिटीले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उक्त सभामा महासचिव महेन्द्रवीर बज्राचार्यले संस्थाको कार्य प्रगति विवरण पेस गरेका थिए भने सभामा संस्थापक सचिव सञ्जय शिलाकार, सल्लाहकार अजय मान छोचूं, राजकुमार श्रेष्ठ, सचिव डा. नरेशमान शाक्य, सदस्य दीपककुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठहरूले नखः लाई समुदायको हितमा अझ बढी सबल, सक्षम र सफल संस्था बनाउनका लागी शुभकामनासहित आआफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
नखःको विधान अनुसार पूर्व अध्यक्षहरू स्वतः सल्लाहकार हुने भएकोले संस्थापक अध्यक्ष वीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहकार रहेका छने भने सभाले पूर्व सल्लाहकार अजय छोचूं र राजकुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेका छन् ।

संस्थापक अध्यक्ष वीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहकार अजय छोचूं र राज कुमार श्रेष्ठले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

साधारण सभाले बृहत् रूपमा छलफल गरी नखःको विधानमा केही पद र दफाहरू थपी विधान संशोधन गरेको छ । सभामा संस्थाको नयाँ सदस्यता पनि वितरण गरिएको थियो ।

नेवाः नखः न्यूयोर्क नेवाः परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । नेवाः कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै नखः लाई अगाडि बढाउने नव निर्वाचित अध्यक्ष प्रधानले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  ३ : ५५ बजे