अमेरिकी सिनेटर क्रिस भ्यान होलानले नेपाली मूलका हयारी भण्डारीलाई जिताउन सबैमा अपिल गरेको छ । गत शुक्रवार मेरिल्याण्डमा आयोजित कार्यक्रममा क्रिसले भने(‘ मेरो पिताजी पहिला नेभीमा काम गर्नुहुन्थ्यो ,पछि वैदेशिक मामिलामा जानु भयो “ उहासाग विभिन्न देशहरुमा जाने क्रममा मैले नेपालमा पनि धेरै समय विताएको छु’ । क्रिसले हयारीलाई एउटा अमेरिकी सपनालाई मूर्त रुप दिन सफल भएको व्यक्तित्वको रुपमा परिचय गराउदै भने(‘ अहिले तपाईहरु हयारीलाई हेर्नुहोस, हयारीले आफनो जीवन यात्रामा महत्वपूर्ण फडको मारेका छन’ । उनी जोन हपकिन्समा पढे, वाल्टिमोरको पव्लिक सिष्टममा काम गर्छन । उनले अमेरिकाको सपनालाई सही सदुपयोग गरेका छन् । कोही अमेरिकामा आएर कडा मेहनत गर्छन भने यो एउटा सफताको यात्रा हो भन्ने उनले उदाहरण दिन सकेका छन् । क्रिसले यसरी मतदाताहरुसग अनुरोध गरेका थिए । ‘अहिले हयारी हामीहरुको समुदायलाई आफनो नेतृत्व दिन चाहन्छन् । उनले राष्ट्रि योङ्ग डेमोक्रयाटको सचिव भएर काम पनि गरे,आफनो स्थानीय समुदायमा काम गरे यसैले समुदायमा खारिएको व्यक्ति तिनै हयारी अहिले हामीहरुको समुदायलाई सेवा दिन चाहन्छन , ‘ उनको कामले हामीहरु पनि लाभान्वित भएका छौं । तसर्थ अव हामीहरुले उनलाई सहयोग गरेर विजयी गराउनु पर्छ’ उनले भने ।
कार्यक्रममा सहभागी मेरिल्याण्ड राज्यका पूर्व सिनेटर टम व्रम्हवेलले भने ‘यदि तपाई आप्रवासी भएर भोट नगर्ने हो पनि तपाईहरु प्रति खेद छ’ । उनको भनाई थियो चाहे नेपाली आप्रवासी नै किन नहोस यदि यो घडीमा सही तरिकाले सहयोग गर्देनौ भने त्यो तिमीहरुको लागि खेदजन्य हुनेछ’ । मेरिल्याण्ड राज्यका विभिन्न तहमा निर्वा्चित सिनेटर सिनेटर, डेलिगेटसहरु सहभागि कार्यक्रममा नेपाली मूलका अमेरिकनहरुको वाक्लो उपस्थिति रहेका थिए । कार्यक्रमलाई फ्रेण्डस अफ हयारीका क्याम्पेन म्यानेजरी म्यान्ली पाउलले सञ्चालन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दे हयारीले आफू डिष्ट्रिक आठको कम्युनिटीलाई राम्रो शिक्षा र स्वास्थ्यको लागि निर्वाचनमा होमिएको वताएका थिए ।
कार्यक्रममा मेरिल्याण्ड राज्यकी सिनेटर क्याथी क्लासमार, कोरी म्याक्रे, डेलिगेटसहरु एरिक व्रम्होल, डा.जे जेलेसी लगायतका आधा दर्जन भन्दा वढी सहभागी भएर हयारीको चुनावी अभियानमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानले सफलता पाएको भन्दै डा श्याम कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । सिनेटोरियल कमिटीका अध्यक्ष समेत रहेका क्रिस भ्यान होलानको डिष्ट्रिक लेभलको चुनावमा सहभागी हुनु आफैमा निकै महत्व वोकेको छ । यसैवीच फ्रेण्डस अफ हयारी अभियानले कार्यक्रम सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।