एभरेस्ट टाईम्स/काठमाडौ
नेपाल आईडलको पहिलो सिजनमा चर्चित बनेर ७ औं स्थानसम्मको यात्रा तय गरेकी प्रमिला राईले पुनः अर्को सुमधुर गीत सार्वजानिक गरेकी छिन् ।
‘जाउँ न’ बोलको प्रमिलाको नयाँ गीतलाई दर्शकहरुले निकै मन पराएका उनले बताएकी छिन् । पहिलो गीत ‘कान्छा हौं’ बाट प्रशस्त वाह ! वाही ! कमाएकी प्रमिलाले यस गीतबाट पनि फ्यान फलोअर्सलाई कन्भिन्स गर्न सफल भएकी छिन् ।
नेपाल आईडलको पहिलो सिजनमा विजेता सरह नै देशविदेशमा रहेका नेपालीको प्रिय बनेकी प्रमिलाले नयाँ म्यूजिक भिडियोमा नेपाली देश, संस्कृति र मित्रतालाई सुन्दर रुपमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । यस गीतको भिडियोमा प्रमिला स्वयंले अभिनय गरेकी छिन् । उनलाई भुवन खड्काले अभिनयमा साथ दिएका छन् ।
गीतको शब्दसंगीत संजिव सिंहको रहेको छ । यस म्यूजिक भिडियोको निर्देशन, सम्पादन र क्यामेरा फराज अर्पनले गरेका छन् । यस गीतको एरेन्जर दिनेश श्रेष्ठ रहेका छन् । गीतको म्यूजिक भिडियोमा प्रविन राई, दीया रिजाल, लुमान स्थापित, गोपाल रसाईली, भुवन गन्धर्व, हेमन्त कान्छा लगायतले कला देखाएका छन् ।