११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

न्युयोर्कमा दशैंतिहार शुभकामना साँझ सम्पन्न


१२ कार्तिक २०७५, सोमबार  

0
Shares

लंगआईल्यान्ड नेपाली समाज न्युयोर्कले बाषिर्क रुपमा मनाउदै आएको दशैंतिहार शुभकामना साझ सम्पन्न भएको छ । स्थानीय कोटलियन रेस्टुरेन्टको ब्याङक्वेट हलमा गत अक्टोबर २४ मा भएको कार्यक्रममा बिभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरु प्रस्तुति भएको थियो ।

लंगआईल्यान्ड नेपाली समाजका उपाध्यक्ष कल्पना थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपममा नेपाल कन्सुलेटका नायव महाबाणिज्यदुत पुष्पराज भट्टराई थिए । उक्त अवसरमा प्रमुख अतिथी भट्टाराईले सबैलाई दशैं तिहारको शुभकामना दिदै लंगआईल्यान्ड समाजले प्रवासमा गदै आएको कार्यहरुको सराहना गरेका थिए ।

कार्यक्रममा नाशा काउन्टी, सफक काउन्टी तथा क्बिन्समा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रमको बिशेष आकर्षणको रुपमा संगितकार तथा रेडियो नेपालको उप निर्देशक टिका भण्डारीले रोमञ्चाक प्यारोडी गीतहरु प्रस्तुत गरि सवैलाई मनोरञ्जन प्रदान गरेका थिए । भण्डारी पारिवारीक भ्रमणको क्रममा अमेरिका आइपुगेका थिए । कार्यक्रममा स्थानिय कलाकारहरु बन्दना गौली, लोचन सुवेदी, सबिना पुरी, सुस्मिता पुरी, केयना कार्की, बन्दना डांगी, सुरक्षा घिमिरेले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्ततिर डिजे राजेन्द्र राईले सवैलाई नचाएका थिए । समाजका महासचिव राजन गौलीका अनुसार यस पटकको कार्यक्रममा भाषणलाई कम प्रथामिकता दिई बिशुद्द सास्कृतिक कार्यक्रम राखेर सवैलाई मनोरञ्जन दिएको बताएका थिए । समाजका महासचिव गौली र उपाध्यक्ष कल्पना थापाले सञ्चालन गरेको कार्यक्रममा कलाकारहरुलाई प्रमुख अतिथिद्वारा प्रमाण पत्र प्रदान गरी सबैलाई धन्याबाद दिएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ११ : १३ बजे