८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

न्युयोर्कमा दिपावाली


Ang

१६ कार्तिक २०७५, शुक्रबार  

0
Shares

दिपावालीको अवसर पारेर क्वीन्स बोरो पि्रसेडेन्ट मेलिन्दा कर्ज र दिपावाली आयोजक समितिले न्युयोर्कमा दिपावाली कार्यक्रमको आयोजना गरियो । दक्षिण एसियाली मुलुकका विभिन्न समुदायहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली समुदायबाट हिन्दुधर्मका पण्डित उद्धव शास्त्रीले दिपावालीमा दिप प्रज्वलन गदै स्वस्तीक वाचन तथा बैद्धिक मन्त्रोचरण गरेका थिए ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले नेपाली समाजमा मनाइदै आएको तिहार र दिपावालीको बारेमा मन्तव्य दिएका थिए । विशेष गरि भारतीय नागरिकहरुको बढि सहाभागीता रहेकेा कार्यक्रममा भारतीय कलाकाहरुसंगै नेपाली समुदायबाट सञ्जीता कोइरालाले नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको संयोजन नेपाली कम्युनिटिको तर्फबाट कम्युनिडि बोर्ड मेम्बर मोहन ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  २ : १५ बजे