५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

न्युयोर्कमा मनाइयो वालिहाङ ताङनाम


१९ कार्तिक २०७५, सोमबार  

0
Shares

न्युयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु समुदायको महान पर्व वालिहाङ ताङनाम न्युयोर्कमा विशेष कार्यक्रमका साथ आयोजना गर्यो‍ । कार्यक्रम नेपाली राष्ट्रिय गान गाएलगतै लिम्बु समाजको महापुरुषहरू फल्गुन्द, श्रीजोनाहाङ थेबे र इमानसिंह चेम्जोङको तस्बिरमा माल्यार्पण गरी आरम्भ भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुलेटको वाणिज्यदुत कृषु क्षेत्रीले प्रवासमा आएर पनि आदिवासी जनजाति लिम्बु समुदायले लामो समयदेखि आफ्नो मौलिक पर्व वालिहाङलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरेका थिए । ‘हामी जहाँ पुगेपनि आफ्नो मौलिक पहिचान जोगाउने यस्तो कार्यक्रमले नेपालको चिनारी दिइरहेको छ,’ उनले भने, ‘राज्यले आदिवासी जनजातिको मौलिक पहिचान झल्कने पर्वलाई महत्व दिनु पर्ने आदिवासीहरूले उठाउँदै आएको माग जायज छ,’ उनले भने ।

किरात याक्थुङ चुम्लुङको अध्यक्ष दीपेश लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष मान रानामगरलगायत विभिन्न जातीय संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा लिम्बु समुदायको मौलिक नृत्य चेब्रुङ प्रस्तुत गर्नुको साथै कलाकार सुमन बुढामगरको नेतृत्वमा देउसी भैलो खेलेका थिए । कार्यक्रममा वसन्त डान्स सेन्टरका विजय नकर्मीद्वारा कोरियोग्राफ गरेका नृत्यहरूको साथमा लीला सि‌ंगक र आभा मुकारुमको चर्चित गीतहरूको साथमा लिम्बु समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ११ : १६ बजे