१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दशैंतिहारको अवसरमा प्रवासी मञ्च अमेरिकाको चियापान न्युयोर्कमा


२० कार्तिक २०७५, मंगलबार  

0
Shares

नेपालीहरूको महान पर्व दशैंतिहार, छठ, बलिहाङ तङनाम, म्हः पूजा, नेपाल सम्बत, लोसारलगायतका चाडको उपलक्ष्य पारेर प्रवासी नेपाली मञ्च अमेरिकाले न्युयोर्कमा शुभकामना आदाप्रदानसँगै चियापान कार्यक्रमको आयोजना गर्‍यो ।

मञ्चको न्युयोर्क च्याप्टरको अध्यक्ष अर्जुनबहादुर सिंहको संयोजकत्वमा भएको कार्यक्रममा एनआरएनए, जनसम्पर्क समिति, फिप्नालगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई संयोजक सिंह स्वागतसँगै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार  १० : ५२ बजे