अमेरिकाको आज हुने मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सको लागी नेपाली मुलका अमेरिकी नागरिक हृयारी ( एचबी) भण्डारी चुनावी मैदानमा उत्रेका छन । उनी डेमोक्रेटिक पाटीको उम्मेद्धावरसग यस अघिको प्राइमरी चुनाव जितिसकेर रिपब्लिकन पाटीका उम्मेदवारसग चुनाव लडदै छन । उनले जितेमा अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधित्व हुनेछ ।
पेशाले शिक्षक भण्डारी शिक्षक र विद्यार्थीहरुको सर्मथनमा यो निर्वाचन जित्ने संभवना रहेको विस्लेषकहरुले बताउदै आएका छन । नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय रुपमा लाग्दै आएका छन । निर्वाचनमा हृयारीसागै डेमोक्रेटिक पाटीबाट एरिक ब्रोमवेल र कार्ल ज्याक्शन छन भने रिपब्लिकन पार्टीबाट जो क्लस्टर, जोसेफ सी बोट्लर र जोय नर्मन रहेका छन । जो क्लस्टर र एरिक ब्रोमवेल यसअगाडि पनि चुनाव जितेका उम्मेदवारहरु हुन् । हृयारिलाई जिताउनका लागी नेपाली समुदायको प्रतिनिधिहरुको साथै डेमोक्रेट पाटीले कडा मेहनेत गरिरहेका छन ।
आज हुने निर्वाचनमा १ सय संख्याको माथिल्लो सदन सिनेटमा ३५ सिटका लागि प्रतिस्पर्धा हुदैछ भने तल्लो सदन हाउसको ४ सय ३५ सिटमा प्रतिस्पर्धा हुदैछ । त्यसैगरी विभिन्न ३६ राज्यहरुको गर्भनरहरु वीच पनि आजनै निर्वाचन हुदैछन ।