१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिकी मध्यवाधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित


२१ कार्तिक २०७५, बुधबार  

0
Shares

न्युयोर्क । अमेरिकी मध्यवाधि निर्वाचनमा नेपाली मुलका ह्यारी(एचबी) भण्डारी हाउस अफ डेलिग्ट्समा निर्वाचित भएका छन् । भण्डारी  मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् ।

तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दोस्रो स्थानमा आई जित हासिल गरेका हुन् । एचबी यो क्षेत्रबाट डेमोक्र्याट पार्टीबाट उम्मेदवार थिए।  योसँगै अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधित्व भएको छ।

पेशाले शिक्षक नेपालको पर्वत जिल्लामा जन्मेका थिए। भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशकदिख सक्रिय रुपमा लाग्दै आएका छन । हृयारीलाई जिताउन नेपाली समुदायको प्रतिनिधिहरुको साथै डेमोक्रेट पाटीले कडा मेहनेत गरेका थिए ।

अमेरिकी मुलधारको राजनितिमा लाग्दै अाएका भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर निर्वाचित भएका थिए । विधान सभा सदस्यका लागी ३ जना निर्वाचति हुनेमा उनी दोश्रो बढी मत ल्याएका थिए । उनले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५ हजार ७ सय ६५ मत प्राप्त गरी बिजयी भएका हुन् । स्टेट डेलिगेटसको निर्वाचनमा १६ बर्षदेखिन विधान सभा सदस्य रहेका एरिक ब्रामर भन्द केही मतको अन्तरले भण्डारी दोश्रो भए ।

लामो समय बाल्टिमोर सिटि कम्युनिटि कलेजमा शिक्षकको रुपमा कार्य गदै आएका भण्डरीले नया पुस्तालाई मुलधारको राजनितिमा समाहित गराउनकै लागी ‘टिचर फर डेलिगेटस’ नाराका साथ राजनीतिमा होमिएका थिए ।

एक छोरा र एक छोरिका पिता भण्डारीको निर्वाचनका अभियानलाई सघाउन भर्जिनिया, डिसि र न्युयोर्क लगायतका विभिन्न राज्यमा रहेका नेपालीहरुले पनि सहयोग गरेका थिए ।

भण्डारी सन २००८ मा भएको राष्ट्रपतिको निर्वाचतमा बाराक ओबामाको सहयोगी अभियानबाटै अमेरिकी राजनितिमा लागेका हुन् । त्यतिखेर उनले सुपर भोलेन्टरकै रुपमा निकै मेहनेत गरेका थिए । त्यही निरन्तर प्रक्रियाबाट उनले यो अवसर पाएको हो ।

यस पटकको निर्वाचनकै लागि भण्डारीले डेढ वर्ष घर घरमा भोट माग्नका लागी धाएका थिए । कोही भेटेन भने पनि चिट्टी लेखेर राखेर सम्पर्क गदै भोट माग्नमा लागेका थिए । नेपाली लगायत अरु देशका स्वयमसेवकहरु सहित उनी ६ हजार घरहरुमा भोट माग्न पुगेका थिए । ‘अमेरिकी भुमिका एक दशकको राजनीति यात्रा जति कठिन भएपनि अबको पुस्ता र नेपाली अमेरिकनको पहिचानको लागी राम्रो अनुभव लिइरहेका छौ’ उनले बताए ।

यस पटकको निर्वाचनमा भण्डारीलाई अमेरिकाको बाल्टिमोरस्थित ‘द बाल्टिमोर सन’ नामक पत्रिका, बाल्टिमोर टिचर युनियन, अमेरिकाभरिकै टिचर युनियन, स्थानीय नेताहरु सिनेटर र मेरिल्याण्डको स्पीकरको कार्यालयबाट सहयोग र सर्मथन पाएका थिए । सन २०१३ देखि योङ डेमोक्रेटस अफ अमेरिकाका माइनोरिटी ककसको राष्ट्रिय महासचिवको रुपमा कार्य गदै आएका भण्डारी हालै मेरिल्याण्डबाट अमेरिकन शिक्षकहरुको महासंघको प्रतिनिधिमा पनि निर्वाचित भएका छन् ।

यसअघि एभरेस्ट टाइम्सले गरेको कभरेज

 

मेरिल्याण्ड राज्यको प्राइमेरी निर्वाचनमा एचबी भण्डारी निर्वाचित

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार  १० : ३३ बजे