७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मुख्यमन्त्रि राईको समाचार लेखेको आधारमा पत्रकारमाथि हातपात


Ang

२३ कार्तिक २०७५, शुक्रबार  

0
Shares

प्रदेश नम्बर १ को मुख्यमन्त्रि शेरधन राईको अमेरिका भ्रमणको समाचार लेखेको विषयमा पत्रकार लोकमणि राईमाथि हातपात भएको छ । न्युयोर्कको उडसाइडस्थित सेभेन्टी थर्डस्थित बर्मिज हलमा तिहार मनाएर फर्कने क्रममा आफुमाथि एक्कासी हातपात भएको राईले अस्पतालबाट एभरेष्टटाइम्सलाई जानकारी दिएको छ । पत्रकार राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रि राई न्युयोर्क आएको बारेमा विआरटि नेपाल अनलाइनमा समाचार लेखेका थिए ।

‘ अमेरिका जस्तो देशमा आएर पनि समाचार लेखेकै भरमा ममाथि आक्रमण हुदा धेरै दुख लाग्यो’ पत्रकार राईले अस्पतालबाट फोनमा बताए । उनले आफु माथि भएको आक्रमणको बारेमा छानवीन गरि दोषि माथि कानुनी कार्वाही गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेका छन । पत्रकार राई नेपालमा हुदा कान्तिपुर दैनिकको पत्रकार थिए । उनी नेपाल अमेरिका पत्रकार संघ नेजाको सदस्य समेत हुन । अमेरिकामा जो कसैलाई पनि हातपात गरेको खण्डमा कानुनी रुपमा सजायको भागीदार हुने प्रावधान छ । अमेरिकामा पत्रकारमाथि भएको यो घटना पहिलो हो जुन निन्दनिया छ ।

पत्रकार राईलाई आक्रमण गरेको भनेर जोडिएको उमेश राईले शेरधन राईको समाचारको बारेमा आफुले केही पनि विरोध नगरेको र आक्रमण पनि नगरेको दावी गरेको छ । ‘ मैले मुख्यमन्त्रि राईको समाचारको बारेमा केही बोलेको छैन र हिजो भएको घटनामा हामी साथी साथी वीच सानो विवाद मात्र भएको हो त्यस्तो आक्रमण गरेको होइन’ उनका अनुसार पत्रकार राइसग आफु एक बर्षसंगै बसेको र अहिले पनि संगै आवतजावत गरिरहेको बताए । घटनाको प्रत्यक्षदर्शि प्रताप राईको अनुसार तिहार मनाएर आफुहरु फर्कने बेला सानो विवाद मात्र भएको हो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  ७ : ०१ बजे