२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

न्यूयोर्कमा युनाइटेड किरातको तिहार कार्यक्रम


Ang

२३ कार्तिक २०७५, शुक्रबार  

0
Shares

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले न्युयोर्कको ज्याक्सनहाइटमा तिहार मनाएका छन । जनजाती महासंघको पुर्व अध्यक्ष दन्डु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि शेर्पाले नेपालमा नया संविधान बनेको र सबै नेपालीको समान अधिकारका लागि संविधान शंसोधन हुनुपर्ने धारण राखेका थिए । कार्यक्रममा सिंगापुर पुलिस फोर्सका सबइन्सपेक्टर पथ्थरमान राईले तिहारको अवसरमा आफन्त र साथीहरुहरुसग भेटन पाएकोमा खुसी व्यक्त गरेका थिए भने युनाइटेड किरात राई केन्दि्रय  सदस्य सुखराज राईले संस्थाले न्यूयोर्कमा मात्र नभएर अमेरिकाभरी दिपावली मनाएको जानकारी दिएका थिए ।

त्यसैगरि इन्टरनेशनल मार्शल आर्टश एसोसियसनका प्रमुख प्रशिक्षक पारखी खालिङ राईले प्रवासमा पनि तिहार हर्षोल्लास मनाउन पाएको खुसीयाली साटदै मानव जीवनमा खेलको महत्वको बारेमा मन्तब्य दिएका थिए । युक्राको विशेष निम्त्रणामा सिकागोबाट आइपुगेका गायक भुवन सुप्तिहाङ राईले वर्षमा एकपटक आउने चाड तिहारमा आफन्त, दाजुभाई तथा पाहुनाहरुसाग भेटघाट गर्ने रमाइलो अवसर दिएकोमा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै विशेष अतिथि जया राईले तिहारको बारेमा आफ्ना भनाई राख्दै भावि सन्ततीलाई पनि तिहारको विषयमा बुझाउन जरुरी रहेको बताएका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका सभापति केशवराम राईले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । के.डी राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा युकेबाट उपस्थित म्याराथन धावक सन्तोष राई, सिभिल इन्जिनियर गगन राई सन अफ पत्थर राई, सहयोगी तनु लिम्बुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा गायक भुवन सुप्तिहाङ राई, गायक विपिन राई,मिङमा शेर्पा र ओम श्रेष्ठले गीत गाएर रमाइलो गरेका थिए । दोश्रो चरणको कार्यक्रम विभागीय प्रमुख विपिन राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  ९ : ५७ बजे