न्युयोर्क । नेवारी समूदायको महान पर्वको रुपमा मनाइने म्ह: पूजा न्युयोर्कमा पनि मनाइएको छ । नेवा गुठीको आयोजनामा भएको कार्यक्रममा धिमे नाचदेखि बज्रयोगिनी चर्य नृत्यसम्म प्रस्तुति गरिएको थियो। बज्रयोजिनी चर्य नृत्य न्युयोर्कमै पहिलोपटक प्रस्तुत गरिएको कार्यक्रममा बताइएको थियो।
नेवा गुठीले म्ह: पूजाको दिन बिहानै ज्याक्सनहाइटमा र्याली गरेका थिए । र्याली अगावै मानवधिकारबादी नेता स्व पदमरत्न तुलाधारको श्रद्धाञ्जली सभा गरेका थिए । त्यस लगतै र्याली गरी बेलुकी म्ह: पूजा गरेका थिए । र्यालीमा नेपाली कन्सुलेटका कार्यबाहक महाबाणिज्यदुत पुष्पराज भट्टराइ, बाणिज्यदुत कृषु क्षेत्रीको उपस्थिति थियो । भट्टराई र क्षेत्री साँझको म्ह: पूजामा पनि सहाभागी थिए ।
नयाँ वर्ष ११३९ लाई स्वागत गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने गीतहरुसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न संस्थाहरुको प्रतिनिधिका साथमा नेवारी समूदायको उल्लेख्य सहभागिता रहेको थियो । गुठीका अध्यक्ष निर्मल प्रधानको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।