नेवा: नख: न्युयोर्कले नोभेम्बर ८ तारिख, बिहीवार (कछलाथ्व पारु, ने. सं. ११३९ ) साँझ विशेष कार्यक्रमको साथ न्युयोर्कस्थित शेर्पा किदुगको हलमा सामूहिक म्ह:पूजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समूदायका सदस्यहरू र नेपाली समूदायका विभिन्न सदस्य तथा प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति र हेको थियो।
नख: द्वारा आयोजित म्ह:पूजामा संस्थाका महासचिव डा. नरेशमान शाक्यद्वारा सञ्चालित कार्यक्रममा अतिथि सत्कार र दर्तामा संस्थाका कोषाध्यक्ष दीपककुमार प्रधान, सह कोषाध्यक्ष सुजन श्रेष्ठ, द्वितीय उपाध्यक्ष बिमला श्रेष्ठ, सल्लाहकार राजकुमार श्रेष्ठले गरेका थिए भने, प्रथम उपाध्यक्ष महेन्द्रवीर बज्राचार्यले पूजामा सहभागी अतिथिहरू सबैलाई स्वागत गर्दै नेपाल सम्बत ११३९ (नयॉं वर्ष)को शुभकामना व्यक्त गरेका थिए। संस्थापक अध्यक्ष वीरेन्द्र प्रधानले म्ह: पूजा र नेपाल सम्बतको महत्वकोबारे जानकारी दिएका थिए ।
संस्थाका सल्लाहकार अजयमान छोचूंले पूजा मन्त्रविधिबाट विधिपूर्वक म्ह:पूजा सम्पन्न गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सम्वत ११३९ को नेपाल सम्वतको क्यालेन्डर विमोचन गरी नेपाल सम्वतको महत्वबारे प्रकाश पार्दै सबै नेपालीको स्वास्थ्य, सुख र उन्नतिको शुभकामना दिएका थिए । नेपाल सम्वतको क्यालेन्डर नख: द्वारा अमेरिकामा तेस्रो पटक प्रकाशित गरिएको हो।
न्युयोर्क सिटीका मेयर बिल दे ब्लाजियोले नेवा: नख: न्युयोर्कलाई पठाइएको शुभ-कामना सन्देश नख: का महा-सचिव डा. नरेशमान शाक्यले वाचन गरेर थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुमान प्रधानले सहभागी सम्पूर्ण अतिथि, सहयोगी, स्वयमसेवी, नख:का सम्पूर्ण सदस्य र क्यालेन्डरका बिज्ञापनदातालाई धन्यवाद ज्ञापनसहित संसारभरी छरिएर रहेका सम्पूर्ण नेपालीलाई नेपाल सम्बत ११३९ (नयॉं वर्ष) को शुभकामना व्यक्त गरे ।
नख:का सचिव, गायिका संगीता मुखिया छोंचूले नेपाल भाषाको गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिला स्वयंसेवकहरू संस्थाका सचिव (स्वयमसेवक संयोजक) संगीता मुखिया छोचूं, सदस्य नम्रता प्रधान, श्रुती अमात्य, लघु शाक्य, अनिता बज्राचार्य, मैना बज्राचार्य, मधु श्रेष्ठ, कमला प्रधान, उजिला प्रधान, मोनालिसा बज्राचार्य, अबिना शाक्य श्रेष्ठ, स्वर्णिम अमात्य, श्रृजना अमात्य, सबिना शाक्यले सहभागीहरूलाई पूजा गरी सगुन वितरण गरेका थिए भने, पुरुष स्वयमसेवकहरू नख:का सदस्य कुमार भक्त श्रेष्ठ, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, मनिन्द्र कुमार बज्राचार्य, मृगेन्द्रकुमार बज्राचार्य, निकेश महर्जन, दिलीप श्रेष्ठ, अभिषेक प्रधानले सबैलाई नेपालमै जस्तो गरी झ्व: भ्वय् (नेवा: भोज) खुवाएका थिए ।
नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, चाड-पर्व, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । संस्थाले समूदायको हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।