मधेशी समुदायको महान पर्व छठको उपलक्ष्यमा ग्लोबल मधेशी एसोसियसन र मधेसी एसोसियसन इन अमेरिका माआले न्युयोर्कमा विशेष पुजाका साथ छठ मनायो । एसोसियसनले न्युयोर्कको योङकर्सस्थित डा विनोद शाहको निवासमा छठ पर्व मनाएको हो । छठ पर्वको अवसरमा डा शाहको घर र पोखरी चिटिक्कै सझाएका थिए । न्युर्योकमा बसोबास गदै आइरहेका मधेशी समुदायले विगत ८ बर्षदेखिन निरन्तर रुपमा डा शाहको निवासमा यो छठ पर्व मनाउदै आइरहेका छन ।
बेलुकी सुर्य अस्ताए लगतै र विहान सुर्य उदाएको वितिकै पुजा गरि मनाउने आस्थाको महापर्व छठका न्युयोर्कमा पनि ब्रतालुले उदाउदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् ।
न्युयोर्कमा पनि डा शाहको घरको पोखरीमा मधेसी समुदायका सदस्यहरुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई विभिन्न फलफुल र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरि मनाएका थिए ।
न्युयोर्कमा मगलबार भएको छठ पर्वको पुजा कार्यक्रममा नेपाली कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत पुष्प भट्टराई, बाणिज्यदुत कृषु क्षेत्रीको साथै न्युयोर्क लगायत अन्य विभिन्न राज्यमा रहेका विभिन्न समुदाय तथा सस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए । मधेशी समुदायले छठ पर्वमा गरिएको अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हासोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । छठ पुजामा धनी, गरीब एकै ठाउमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिने सस्कृतिविदहरुको धारण रहेको छ । उक्त पुजामा उपस्थित अतिथिहरुलाई डा विनोद शाह र सुजाता शाहले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरु वीच छठ पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।