काठमाडौं। आज नेपाली कांग्रेसले पत्रकार सम्मलन गरि वर्तमान सरकारलाई ‘नेपाल देशमा सरकार छ, यदि छ भने कहा छ ?’ छोटो तर कारुणीक प्रश्न गर्ने समय आएको जानकारी दिए।
बिहिवार सानेपास्थित कांग्रेस केन्द्रिय पार्टी कार्यलयमा प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा ९ महिने वर्तमान सरकार प्रति मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको वस्तुगत तथ्य जाहेर गरेका थिए।
१, लोकतान्त्रिक संस्कृति: लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होईन।
२, राष्ट्रवाद: पुरानो दावी र पछिल्लो स्थितिको तुलना।
३, संघियता: कम्युनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षड्यन्त्र?
४, सुसासन: नमच्चीने पिङको सय झड्का।
५, बजारमूल्य: कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसंग तुलना गर्दा सहज।
६, शान्ति सुरक्षा: प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या।
७, न्यायालय: साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण।
८, संविधानप्रति अपनत्व विस्तार: सत्तालाई बलियो बनाउन वार्गेनिङ चिप्स, प्रगति शुन्य।
९, समृद्धि यात्रा: विना प्रतिस्प्रधा गेजुवालाई वुढी गण्डकी। निजगढ विमानस्थल कागजमै अलमल, केरुङ – काठमाडौ – रक्सौल, रेल चर्चा फायलमा बन्द।
कार्यक्रममा मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सराकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको र यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजानिक गर्ने प्रवन्धका लागि समेत आग्रह गरे।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केहि साता यता निरन्तर गिरावट आएको छ, तर स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यन्वयन सरकारले गर्न नसकेको बताए।
निर्मला पन्तका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको खोजि गरि रहेका छन्, शर्माले भने, सम्माननीय प्रधानमन्त्रीज्यू यहाको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भै सकको हो?
जयनगर – जनकपुर – कुर्था रेल सेवाको उद्घाटन भरतको एक राज्यका मुख्यमन्त्रिले गर्ने निश्चित भएको विषयले केहि गम्भिर प्रश्न जम्मिएको बताउदै मित्रराष्ट्रको लगानि र सहयोगलाई सदैव कदर गर्दछौं।
तर कुनै पनि परियोजनाको उद्घाटन दुर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागिय तहवाट हुने परम्परा र मर्यादा उलंघन गर्न विल्लकुल नपाइने समेत धारना व्याक्त गरेका थिए।
शर्माले मंसीर २८ देखि पुष ३ सम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको महासमिति वैठकको तयारी यतिवेला तिव्र गतिमा भैरहेको जानकारी दिदै वैठक कांग्रेस केन्द्रिय पार्टी कार्यलयको प्राङगणमा गर्ने निश्चित भएको बताए।