१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

नबिल बैंकको अफर, २५ हजार बचत गर्नेलाई तिन लाखको उपचार विमा गरिदिने


९ मंसिर २०७५, आइतबार  

0
Shares

काठमाडौं। नेपाल राष्ट्र बैकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैकले तत्काल्यै २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख रुपैयाँ  वीमा सुविधा उपलब्ध गराउने स्किम ल्याएको छ।

आइतवार राजधानीको दरवारमार्गस्थित याक एन्ड यति होटलमा एक कार्यक्रमको आयोजना गरि नबिल बैंकले मेटालाइफ वीमा कम्पनीसँगको सहकार्यमा  बचतकर्तालाई १३ वटा घातक रोगको उपचार खर्च तिन लाख साथै बचतकर्ताको परिवारलाई मृत्यू लाभको वीमा ७५ हजार  उपलब्ध गराउने स्किम ल्याएको सार्वजानिक गरेको छ।

नयाँ बचतकर्ताले २५ हजार रुपैयाँ वा सो भन्दा बढि रकम जम्मा गर्दा स्वत बैंकलेनै वीमा गरिदिने छ, र नियमित ब्याजसँगै यो सुविधा उपलब्ध हुने नबिल बैंकको प्रमुख अधिकृत अनिल केशरी शाहले जानकारी दिए। उनले भने १६ देखि ६५ बर्षसम्म उमेरका बचतकर्तालाई बीमा स्किमले समेट्ने छ।

क्यान्सर, फोक्सो खराबी, कलेजो खराबी, स्ट्रोक, मृगौला खराबी, एप्लास्टिक एनिमिया, मुटु भल्भ सर्जरी, हृदयघात, कोमा, फुलमिनेन्ट हेपटाइटिस, गम्भिर कोरोनरी धमनी रोग, प्रमुख अंग/बोनम्यारो प्रत्योरोपण, प्राथमिक पल्मनरी उच्च रक्तचापलगायत १३ प्रकारका घातक रोगमा वीमा उपलब्ध हुने शाहले जानकारी दिए।

यो योजना यहि मंसिर ९ गते बाट लागु हुने बताउदै घातक रोग लागेको सीफारिस डाक्टरले गर्ने बित्तिकै मेटालाइफमार्फत १५ दिनभित्र तीन लाख रुपैयाँ उपलब्ध हुने जानकारी दिए।

बैंकका प्रमुख कार्यकारी शाहले यि १३ प्रकारका घातक रोग लागेको उपचारका क्रममा कसैको एक लाख मात्र खर्च भए पनि कम्पनीबाट ३ लाख रुपैयाँ उपलब्ध हुनेछ।

नबिल बैंकका देशभर ७४ वटा शाखा छन्। यी जुनसुकै शाखामा गएर बचत खाता खोल्न जानकारी गराउदै शाहले बचतकर्ताको प्रिमियम मेटालाइफलाई बैकलेनै तिरिदिने र यसमा बार्षिक करिव १५ करोड रुपैयाँ खर्च हुने समेत प्रष्टपारे।

कार्यक्रममा शाहले ‘नदिनको लागि हैन, दिन कै लागि यो स्किम बैंकको ग्राहकहरुप्रति लक्ष्तिगर्दै ल्याएको’ धारणा व्याक्त गर्दै यसले गर्दा बिरामीले समयमै तीन लाख रुपैयाँ पाउने र आफ्नो उपचार खर्च जुटाउन थोरै भए पनि धेरै टेवा पुग्ने बताए।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ६ : १६ बजे