६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

गान्धीको १५० औं जन्म जयन्तीमा बाबुरामदेखि विमलेन्द्रसम्म, कसले के भने?


१३ मंसिर २०७५, बिहिबार  

0
Shares

ललितपुर। आज महात्मा गान्धीको १५० औं गान्धी जन्म जयन्ती। सोही अवसर पारी ललितपुरको जाउलाखेलस्थित स्टाफ कलेजमा नेपाल पोलेसी सेन्टर, गान्धीएन स्टडिज एन्ड पिस सेन्टर र सेन्टर फर रिसर्चको आयोजनामा गान्धी जन्म जयन्ती कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, भारतीय जनता पार्टीका सांसद एवं कलाकार शत्रुघ्न सिन्हा, भारतका पूर्व पराराष्ट्रमन्त्री यसमन सिन्हा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलगायतले गान्धीको प्रशंसा रहे।

भारतीय जनता पार्टीका सांसद साथै कलाकार सिन्हाले गान्धीले महिलाहरुको अधिकारको विस्तार, किसान, मजदूर साथै शहरी श्रमिकको अत्याधिक भूमि कर, भेदभावविरुद्ध आवाज उठाउनुका साथै अहिंसाको बाटोमा हिन्नु पर्छ भन्ने महत्वपूर्ण ज्ञान दिएको बताए।

उनले भने, ‘म पनि कलाकारिता क्षेत्रबाट राजनीतिक तर्फ आउन महात्मा गान्धीकै प्रेरक जीवन दर्शनको कारण नै हो।’

कांग्रेस उपसभापति निधिले गान्धीको उत्कृष्ट साथै परिवर्तनशील भनाइहरु भएता पनि नेपालमा खासै लागु नभएको बताए। उनले यदि नेपालमा गान्धीको हिंसात्मक बाटोमा हिड्नु नहुने सन्देश स्वीकार गरेको भए नेपालमा जनयुद्धको स्थिति सिर्जना नहुने धारणा राखे।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले गान्धीको सम्पूर्ण विचार, भनाई, सिद्दान्तहरु राम्रा भए पनि अत्यन्त अहिंसाले समाज परिवर्तन हुन नसक्ने धारणा राखे।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ८ : ३२ बजे