गुरुङ समुदायको महान पर्व नया वर्ष ल्होसारको अवसर पारेर तमु परिवार न्युयोर्कले आगामी डिसेम्बरको २२ तारिख न्युयोर्कमा तमु ल्होछार मनाउने भएको छ । न्युयोर्कको ज्याक्सनहाइटस्थित भेलोजिनो हलमा हुन लागेको ल्होछारमा गुरुङ समुदायको मौलिक कला सस्कृति झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत हुन लागेको तमु परिवारको अध्यक्ष डम्बरजंग गुरुङले बताए । यस पटकको ल्होछार कार्यक्रममा बचेको रकम सामाजिक क्षेत्रमा सहयोग गर्न लागेको उनले बताए । ल्होछारमा सास्कृतिक कार्यक्रमसंगै तमु समुदायभित्रमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका तमुहरुलाई पनि सम्मान गर्न लागेको अध्यक्ष गुरुङले बताए ।
१४ मंसिर २०७५, शुक्रबार
0
Shares